Wednesday, August 21st, 2019
आर्थिक/बिजनेश

आर्थिक/बिजनेश

– सरकारी स्वामित्वको नेपाल टेलिकमको नाफा गत वर्ष ४२ प्रतिशतले घटेको छ । टेलिकमले सार्वजनिक गरेको गत वर्षको आर्थिक प्रतिवेदनअनुसार कम्पनीको खुद नाफा ७ अर्ब कम भएको छ ।

– कालीगण्डकी करिडोर चौडा पार्ने काम नसकिँदा ६ महिनादेखि यातायात ठप्प भएको छ । माघमा करिडोर १० मिटर चौडा पार्न नेपाली सेनालाई जिम्मा दिइएपछि बागलुङको तल्लो गलुवादेखि बलेवाको धापाखोलासम्मको सडक अवरुद्ध छ ।

– उच्च पदाधिकारी अभावले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्तव्यस्त बनेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा उच्च पदाधिकारीहरूलाई कारबाहीको दायरामा ल्याएपछि प्रतिष्ठान अस्तव्यस्त बनेको हो ।

– नेपाल विद्युत् प्राधिकरण सर्वसाधारणलाई सेयर जारी गर्ने तयारीमा जुटेको छ । वर्षौंसम्म घाटामा रहेको प्राधिकरण गत तीन वर्षदेखि लगातार नाफामा छ ।

– निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एअरलाइन्सले अन्तरराष्ट्रिय उडानका लागि अनुमति ९लाइसेन्स० पाएको छ ।

– चिनी आयातमा लगाएको परिमाणत्मक बन्देज साउनबाट स्वतः हटे पनि सरकारले परिपत्र गरेको छैन । व्यवसायीका अनुसार परिपत्र जारी नहुँदा आयातमा अन्योल नै छ ।

– सरकारी स्वामित्वको नेपाल टेलिकमको नाफा गत वर्ष ४२ प्रतिशतले घटेको छ । टेलिकमले सार्वजनिक गरेको गत वर्षको आर्थिक प्रतिवेदनअनुसार कम्पनीको खुद नाफा ७ अर्ब कम भएको छ ।

– केही सातायता अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर देखिएको छ । विश्व बजारमा अमेरिकी डलरप्रतिको आकर्षण बिस्तारै बढेसँगै नेरु कमजोर देखिन थालेको हो ।

– सरकारले दुई वर्षभित्र माछामा मुलुकलाई आत्मनिर्भर बनाउने अभियानस्वरूप आयात घटाउँदै लगेको छ । पन्ध्रौं योजना सम्म आयातलाई घटाएर ४ हजार टनमा झार्ने लक्ष्य सरकारको छ ।

– वाणिज्य बैंकहरुले धमाधम आफ्नो वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । अहिलेसम्म सार्वजनिक विवरणअनुसार राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ । सबैभन्दा कम नाफा कमाउनेमा सेञ्चुरी कमर्सियल बैंक रहेको छ ।

– चिनियाँ बजारमा नेपाली रुद्राक्षको माग बढेपछि त्यहाँका व्यापारी किसानको बोटसम्मै पुगेर रुद्राक्ष खरिद गर्न थालेका छन् । चिनियाँ बजारमा यसको माग बढेपछि व्यापारी सङ्खुवासभा र भोजपुरका गाउँगाउँमा रुद्राक्ष खरिद गर्न पुग्ने गरेका हुन् ।

– संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानमा विदेशी नागरिकलाई लिइने भाडा दर घटाउने संकेत गर्नुभएको छ ।

– पूर्व–पश्चिम राजमार्गको अरुणखोला बजारको डाइभर्सन पानीले भत्काएपछि सवारी आवागमन फेरि अवरुद्ध बनेको छ ।

– दातृ निकाय र व्यक्ति–व्यक्तिको सहयोगमा सञ्चालन हुँदै आएको भक्तपुर क्यान्सर अस्पतालमा व्यापक अनियमितता भएको गुनासो बढेपछि भक्तपुर नगरपालिकाले भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समिति खारेज गर्दै नयाँ समिति गठन गरेको छ ।

Share This: