Wednesday, August 21st, 2019
विदेशमा आज

विदेशमा आज

– कश्मीरको विवादित क्षेत्रमा गोली हानाहान हुँदा ५ भारतीय र ३ पाकिस्तानी सैनिकको मृत्यु भएको छ । पाकिस्तानी सेनाको भनाइको खण्डन गर्दै भारतीय सेनाले भने आफ्नो ५ जना सैनिक मारिएको कुरा अस्वीकार गरेको छ ।

– उत्तर कोरियाले दक्षिण कोरियासँग शान्तिवार्ता नगर्ने घोषणा गरेको छ । दक्षिण कोरिया र अमेरिकाबीचको सैन्य अभ्यासले क्रुद्ध बनेको उत्तर कोरियाले दक्षिणसँग वार्तामा नबस्ने बताएको हो ।

– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु–कश्मीरको विशेषाधिकार खारेज गर्ने निर्णयको बचाउ गर्दै ‘एक देश एक संविधान’ को पुरानो लक्ष्य पूरा भएको दाबी गरेका छन् ।

– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारत प्रशासित कश्मीरमा मुस्लिम समुदाय निकै प्रताडित हुनुपरेको भन्दै पुनः अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरेका छन् ।

– रुसको राजधानी मस्को नजिकको एक विमानस्थलबाट बिहीबार उडेको यात्रुबाहक विमान मकै बारीमा आकस्मिक अवतरण गरेको छ । यात्रु र चालक दलका सदस्य गरी दुई सय ३० भन्दा बढी व्यक्ति बोकेर उडेको जहाजमा उडेको एकैछिनमा चरा ठोकिन पुगेको थियो ।

– मलेसियामा पेट्रोलबम विस्फोट हुँदा १ नेपाली घाइते भएका छन् । तनम डनौ कोताको आवासीय भवनमा शुक्रबार बिहान ४ः४१ बजे भएको विस्फोटमा एक नेपाली घाइते भएका हुन् ।

– भारतको जम्मू–कश्मीरलाई विशेष राज्यको भूमिका दिने संवैधानिक प्रावधानको खारेजीको विरोधमा बिहीबार प्रदर्शन भएको छ । लण्डनमा रहेको भारतीय उच्च आयोगको कार्यालयबाहिर कश्मीरको पछिल्लो राजनीतिक घटनाक्रमको विरोध र समर्थनमा प्रदर्शन भएको हो ।

Share This: