Wednesday, August 21st, 2019
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– बिहिबारदेखि रिलिजमा आएको बलिउड चलचित्र ‘मिसन मंगल’ले बक्स अफिसमा आक्रामक कमाई गरेको छ । भारतको स्वतन्त्रता दिवसको अवसरमा रिलिज भएको यो चलचित्रले पहिलो दिन करिब ३० करोडको ओपनिङ गरेको छ ।

– आजबाट हिमालय टीभी एचडीमा प्रशारण हुन लागेको ‘दि भ्वाइस अफ नेपाल सिजन २’को विशेष प्रिमियर काठमाण्डौमा गरिएको छ । बिहिबार बेलुकी आयोजित प्रिमियरमा सांगीतिक क्षेत्रका हस्ती, शोको टिम र विभिन्न क्षेत्रका मानिसहरु उपस्थित थिए । ‘दि भ्वाइस अफ नेपाल’ हिमालय एचडीमा शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुँदैछ ।

– एक्टिभ प्रोडक्शन एन्ड मिडिया प्रालिले ‘हिरो नेपाल’ प्रतियोगीता आयोजना गर्ने भएको छ । कार्यक्रममा जुनसुकै उमेर समुहका क्षमतावान र प्रतिभाशाली व्यक्तिहरुले भाग लिन पाउने बताइएको छ । प्रतियोगीतामा प्रथम हुनेलाई १० लाख, दोश्रो हुनेलाई ८ लाख र तेश्रो हुनेलाई ६ लाख पुरस्कार दिइने बताइएको छ । यो शोको केही दिनमै अडिसन सुरु हुनेछ ।

– प्रेम र एक्सनको मिश्रणमा तयार भएको चलचित्र ‘सोच’को ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्र भदौको २० गतेबाट रिलिज हुँदैछ । चलचित्रको ट्रेलरमा नायिका नीता ढुंगानाको साथमा कलाकारद्धय प्रज्ज्वल गिरी र पुजन सिंहलाई देखाइएको छ ।

– वरिष्ठ गायक दीप श्रेष्ठको नयाँ गीत ‘छोरी’ को भिडियो सार्वजनिक भएको छ । मिलन रेग्मीको शब्द र उमेश रेग्मीको सङ्गीत रहेको गीतको एरेञ्ज महाराज थापाले गरेका हुन् । गीतको भिडियोमा क्याप्टेन विजय लामा, बेनिसा हमाल र मैसा पुन थापाले अभिनय गरेका छन् ।

– अगष्ट २०१९ सम्म गरिएको गूगल सर्च सर्भेमा सनी लियोनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अभिनेता सलमान खान तथा शाहरुख खानलाई समेत पछाडि पारिदिएकी छिन् । सनी लियोन यी तीनजनाको तुलनामा गूगल सर्चमा सबैभन्दा अगाडि छिन् ।

– भदौको ६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘जाइरा’बाट एकजना महिला खलपात्रको उदय हुँदैछ । श्रृजना रेग्मीले आफ्नो ग्ल्यामर र एक्सन अवतारबाट दर्शकको मन जित्ने प्रयास गरेकी छिन् । उनले आफू नायिका नै बन्नुपर्छ भन्ने नलागएको बताइन् ।

– ‘कृ’ रिलिज भएको करिब २ बर्ष हुँदा पनि नायिका अदिती वुढाथोकीले नयाँ चलचित्रमा काम गर्ने पक्का भएको छैन । यो चलचित्र आज युटुबबाट रिलिज हुँदैछ । मुम्बइमा रहेर मोडलिङ गरिरहेकी अदिती चलचित्र खेल्नका लागि हतार नगर्ने बताउँदै पनि आएकी छिन् ।

– बलिउडमा नायिका श्रद्धा कपुर अभिनित चलचित्र ‘साहो’ अगष्ट ३० तारिखबाट रिलिज हुँदैछ । यस्तै, चलचित्र ‘चिचोरे’ सेप्टेम्बर ६ तारिखबाट रिलिज हुँदैछ । दुई चलचित्रको रिलिज डेट एक सातामात्र अघिपछि हुँदा श्रद्धाको पब्लिसिटी सेड्यूल पनि बढेको छ ।

Share This: