Wednesday, August 21st, 2019
सुचना प्रविधि

सुचना प्रविधि

– चिनियाँ कम्पनी हुवावेले गुगल म्याप्सलाई टक्कर दिनका लागि आफ्नो नेभिगेसन सिस्टम तथा म्याप सर्भिस ल्याउने तयारी गरिरहेको छ । हुवावेले आफ्नै म्याप सर्भिसको विकास गरिरहेको छ । यो सर्भिस यहीँ अक्टोबरमा लञ्च हुने र यसले विभिन्न ४० वटा भाषाहरुमा उपलब्ध हुने बताइएको छ ।

– सामसङले ग्यालेक्सी नोट १० प्रस्तुत गर्न गईरहेको छ । ग्यालेक्सी नोट १० लाई जीवनका हरेक कार्यलाई नयाँ तहसम्म पुर्याउन पावरफूल डिजाइन गरिएको दाबी सामसुङले गरेको छ । दुई भिन्न साइजमा उपलब्ध शक्तिशाली ग्यालक्सी नोटमा रहेको एस पेन, प्रो–ग्रेड क्यामेरा र अन्य टुल्सहरूको साथ उत्पादकत्व र सिर्जनात्मकतामा वृद्धि हुनेछ ।

– समाचार सामग्रीहरु पुनः प्रकाशित गर्ने लाइसेन्स प्राप्त गर्नका लागि सोसल मिडिया साइट फेसबुकले विश्वका चर्चित समाचार एजेन्सीहरुसँग सम्झौताको तयारी गरेको छ । पहिलो चरणमा फेसबुकले एबीसी न्युजका साथै ब्लुम्बर्ग, डाउ जोन्स तथा वाशिङटन पोष्टसँग कुरा गरिरहेको छ ।

– अमेरिकाले एप्पलको म्याकबुक प्रो ल्यापटपलाई हवाइजहाजको यात्रामा सँगै लैजान प्रतिबन्ध लगाएको छ । अमेरिकाको संघीय उड्डयन प्रशासनले सन् २०१५ देखि २०१७ को बीचमा बनेका १५ इन्चको म्याकबुक प्रो ल्यापटप यात्रुलाई हवाइजहाजभित्र लैजान बन्देज लगाएको हो ।

– फेसबुकले आफ्नो मेसेन्जर एपमा डार्क मोड फिचर ल्याएको थियो । अब फेसबुकले आफ्नो मूख्य एपमा पनि यो फिचर ल्याउँदैछ । यद्यपि यस बारेमा फेसबुक कम्पनीले आधिकारिक रुपमा केही बताएको छैन । तर हालै शोधकर्ताले फेसबुकमा यस्तो कोड फेला पारेका छन् जसले डार्क मोड फिचरको संकेत दिएको छ ।

Share This: