Wednesday, August 21st, 2019
फ्रिजको चिसो पानी पिउनुको बेफाइदा (स्वस्थ्य)

फ्रिजको चिसो पानी पिउनुको बेफाइदा (स्वस्थ्य)

गर्मी महिनाको तातो मौसममा सबैलाई फ्रिजको चिसो पानी पिउन मन पर्छ । त्यसै पनि गर्मीमा चिसो पानीले मात्र तिर्खा मेटिन्छ । त्यसैकारण पनि मानिसहरू फ्रिजमा राखेको चिसो पानी पिउन मन पराउँछन् । तर विशेषज्ञहरुका अनुसार यदि तपाईँ धेरै चिसो पानी पिउनुहुन्छ भने तपाईले खाएको खानेकुरा पच्न दुई गुणा बढी समय लाग्छ । यस्तै फ्रिजको चिसो पानी पिउनुको अरू पनि थुप्रै बेफाइदाहरु
छन् ।

अपच

यदि तपाईले फ्रिजको चिसो पानी पिउनु भयो भने तपाईको रक्त नली खुम्चिन्छ र यसबाट तपाईको पाचन प्रक्रिया मन्द हुन पुग्छ । यसले गर्दा अमिलो डकार आउने, कब्जियत हुने, ग्याष्ट्रीकको समस्याले सताउने गर्छ ।

सर्दीको समस्या

गर्मीमा बाहिरको तापक्रम बढी हुन्छ । यस्तो अवस्थामा यदि तपाईले चिसो पानी पिउनु भयो भने घाटीमा कफ जम्छ । यसबाट घाँटी खस्खसाउने, चिसो लाग्ने आदि समस्या हुन्छ ।

पोषणको कमी

जब हामी चिसो पानी पिउँछौ, हाम्रो शरीरको ऊर्जा पानीको तापक्रम नियन्त्रण गर्नमा खर्च हुन थाल्छ । यसको असर हाम्रो पाचन क्षमतामा पर्न थाल्छ । यसकारण हाम्रो शरीरले भिटामीनहरु सही तरिकाले अवशोषण गर्न सक्दैन र हाम्रो शरीरमा पोषणको कमी हुन पुग्छ ।

मुटुको समस्या

गर्मीमा चिसो पानी पिउँदा रक्त नशा खुम्चिन्छ । जसले गर्दा मुटुले रगत पम्प गर्नका लागि थप मेहनत गर्नुपर्ने हुन्छ । मुटुमा बढी दबाब पर्नाले मुटुको धड्कन मन्द हुन थाल्छ । यसबाट मुटु सम्बन्धी समस्या बढेर जान्छ ।

रोग लाग्ने खतरा

लामो समय सम्म चिसो पानी पिउने गर्दा इम्युन सिस्टम कमजोर हुन्छ । यसबाट तपाईलाई एलर्जी तथा अन्य रोगहरूको खतरा बढेर जान्छ ।

टाउको दुख्नु

चिसो पानी पिउँदा अचानक शरीरको तापक्रम परिवर्तन हुन्छ । जसको सिधै असर हाम्रो दिमागमा पर्छ । यसले गर्दा टाउको दुख्ने समस्या हुने गर्छ ।

आन्द्राको समस्या

चिसोपानीले आन्द्रालाई पनि कडा बनाउँछ । जसले गर्दा पाचनका क्रममा खानेकुरा सही तरिकाले सर्न पाउँदैन । यसबाट आन्द्राको पनि समस्या देखा पर्न जान्छ ।

रक्तचाप

चिसो पानी पिउनाले रक्त नली खुम्चिन थाल्छ । जसले गर्दा रक्त सञ्चार मन्द हुन थाल्छ र रक्तचाप सम्बन्धी समस्या हुन्छ ।

आलस्य

चिसो पानीका कारण अचानक शरीरको तापक्रम कम हुन्छ र शरीरको ऊर्जा तापक्रम नियन्त्रणमा खर्च हुन्छ । यसले गर्दा शरीर पनि सुस्त हुन्छ ।

तौल बढ्छ

यदि तपाई खाना खाई सके पछि तुरुन्तै चिसो पानी पिउनु हुन्छ भने यसको असर तपाईको मेटाबोलिज्ममा पर्छ । यसले गर्दा तपाईँको शरीरमा बोसो जम्मा हुन्छ ।

Share This: