Wednesday, August 21st, 2019
छाला कसिलो बनाउने फेस मास्क (सौन्दर्य)

छाला कसिलो बनाउने फेस मास्क (सौन्दर्य)

हिजोआज महिलाहरूको अनुहार उनीहरूको उमेर भन्दा बुढो देखिने गर्छ । यसको कारण धुलो, प्रदूषण, पोषणको कमी, सूर्यको किरण , तनाव, हर्मोनमा गडबडी आदि हो । अनुहारको मसिनो रेखा तथा चाउरीपन उमेर सँगै बढ्दै जान्छ । चाउरीपन कम गर्न महिलाहरू विभिन्न किसिमका क्रिम तथा लोशन लगाउने गर्छन् । तर यसबाट बच्ने घरेलु उपाय पनि निकै भरपर्दो र फाइदाजनक हुन्छ , जुन यसप्रकार छ ।

कफी

कफीमा कैफिन हुन्छ । यसले छालाबाट अतिरिक्त मोइश्चराइजेशन सोस्छ र छालालाई टाइट बनाउँछ । यसको फेस मास्क बनाउनका लागि एक चौथाइ कप कफी पाउडर, एक चौथाइ कप ब्राउन सुगर, ३ चिया चम्चा नरिवलको तेल वा ओलिव ओइल, आधा चिया चम्चा दालचिनीको धुलो एउटा बटुकामा मिसाउनुहोस् । अब उक्त पेस्ट अनुहारमा लगाएर केही मिनेटका लागि छोड्नुहोस् । त्यसपछि मनतातो पानीले पखाल्नुहोस् । उक्त फेसमास्क हप्तामा दुई पटक प्रयोग गर्नुहोस् ।

गोलभेडा

गोलभेँडा एउटा प्राकृतिक टोनर हो । यसले छालालाई नरम बनाउँछ साथै यसले छालाको चाउरीपन पनि कम गर्छ । एउटा गोलभेँडा पिसेर त्यसको रस निकाल्नुहोस् । अब त्यसमा कटन बल भिजाइ त्यसले अनुहारमा दल्नुहोस् । उक्त रस १०, १५ मिनेट त्यतिकै छोडी चिसो पानीले पखाल्नुहोस् । यो उपाय हप्तामा दुई पटक अपनाउनुहोस् ।

मेवा

मेवा छालाका लागि निकै फाइदाजनक हुन्छ किनकि यसमा भिटामिन ए र प्रशस्त मात्रामा एन्टी अक्सीडेन्ट हुन्छ । यसले झोल्लिएको छालालाई कसिलो बनाउँछ । अलिकति पाकेको मेवा पिस्नुहोस् । त्यसमा १,२ चम्चा चामलको पिठो मिसाउनुहोस् र उक्त पेस्ट अनुहारमा हातले मास्तिर दली मसाज गर्नुहोस् । १५ मिनेट सम्म यसो गरे पछि चिसो पानीले पखाल्नुहोस् । यो विधि हप्तामा १ पटक अपनाउनुहोस् ।

अण्डाको सेतो भाग

अण्डाको सेतो भागमा प्रोटिन हुन्छ , जसले अनुहारमा लचिलोपन ल्याउँछ । यसले अनुहारमा प्राकृतिक निखार ल्याउँछ र डेड स्किन हटाउँछ । यसका लागि अण्डाको सेतो भाग लिई मह मिसाउनुहोस् र उक्त मिश्रण अनुहारमा लगाई १५ मिनेटका लागि त्यतिकै छोड्नुहोस् । त्यसपछि पानीले पखाल्नुहोस् । यो मास्क हप्तामा १ पटक लगाउनुहोस् ।

केराको मास्क

केरा मिचेर अनहारको छालामा लगाउँदा विभिन्न भिटामिन प्राप्त हुन्छ । यो एन्टी एजिंग गुणले भरिएको हुन्छ । यसका लागि एउटा पाकेको केरा मिचेर त्यसमा केही थोपा कागतीको रस मिसाउनुहोस् ।
अब उक्त पेस्ट अनुहार तथा गर्धनमा लगाई १५ मिनेट सम्म त्यतिकै छोड्नुहोस् र पखाल्नुहोस् । यो मास्क हप्तामा दुई पटक लगाउनुहोस् ।

दही

दहीमा ल्याक्टीक एसिड हुन्छ,, जसले छालाको रोम छिद्रलाई कसिलो बनाउँछ । यसबाट चाउरीपन कम हुन्छ । दहीमा केही थोपा कागतीको रस मिसाइ अनुहारमा दल्नुहोस् । उक्त पेस्टले १० मिनेट सम्म अनुहार मसाज गर्नुहोस् । ५ मिनेट त्यतिकै छोडेर पानीले पखाल्नुहोस् ।

Share This: