Wednesday, August 21st, 2019
सफल व्यक्तिका भनाईहरु

सफल व्यक्तिका भनाईहरु

कोही पनि जन्मजात केही बन्नको लागि जन्मिएको हुँदैन, उसको आफूभित्रको क्षमतालाई चिनेर त्यसलाई आफ्नो वातावरणमा कसरी प्रयोग गर्छ, त्यही अनुसार उसले आफ्नो परिचय बनाउँछ ।

सफलता कुनै आकस्मिक घटना होइन । यो त लगातारको सिकाइ, प्रयास, मेहनत, आत्मविश्वास, दृढता र कामप्रतिको मायाको नतिजा हो ।

१० प्रतिशत आकस्मिक घटनाहरू र ९० प्रतिशत ती घटनाको लागि हामीले गर्ने व्यवहार मिलेर, हाम्रो जीवन बन्छ ।

म सक्छु भन्ने विश्वास गर्यौ भने तिमी आफ्नो लक्ष्यमा पुग्ने बाटोको आधा बाटो सम्म पुगि सक्यौ ।

यो संसारमा सबै कुरा खेल हो । हामी सबै एउटा समयबाट अर्को समयमा पास हुँदै मर्छौँ ।

तिमीले त्यहाँ समस्या छ भन्ने सोच्यौं भने, तिम्रो यो सोंच नै समस्या हो ।

हामी मध्ये धेरै जना सपनाले बाँचिरहेका छैनौँ, डरले बाँचीरहेका छौँ ।

उत्साह नै सबैथोक हो । यो गितारको स्ट्रिंग जस्तै झंकृत भैराख्नुपर्छ ।

 

 

Share This: