Monday, September 23rd, 2019
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– मकाउ पठाइ दिने भनी ठगी गरी दुई महिनादेखि फरार रौतहट चन्द्रपुर नगरपालिका–३ घर भइ काठमाडौं महानगरपालिका–५ बस्ने विनोद बस्नेत (विनोदमणि) भनिने ४२ वर्षीय राजु केसीलाई प्रहरीले पक्राउ गरेको छ ।

– किशोरी अपहरण गरेको आरोपमा प्रहरीले कैलालीमा तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका(१६ का २१ वर्षीय अनिल राना, २२ वर्षीय सन्दीप राना र २९ वर्षीय लोकेन्द्र खडायत रहेका छन् ।

– सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–३, तामाखानीमा सुन चोरेर भाग्दै गर्दा २७ वर्षीय विनोद बस्नेत पक्राउ परेका छन् ।

– पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको एक विद्यालय भवन भत्किएपछि कक्षामा पढ्दै गरेका विद्यार्थीको भागाभाग भएको छ । मंगलबार दिउँसो कक्षा चलिरहेको समयमा ओखरबोट माध्यमिक विद्यालयको पुरानो भवन भत्किएको हो ।

– रुखले च्यापेर दाङमा १० वर्षीय सुजन खत्रीको ज्यान गएको छ । अर्का एक बालक घाइते भएका छन् ।

– दाङको घोराही उपमहानगरपालिका वडा नं। १४ ले डेंगु रोगविरुद्ध अभियान सुरु गरेको छ । घोराही १४ स्थित शुभप्रभात माविबाट अभियान सुरु गरिएको हो ।

– सुन धितोमा राखेर ऋण लिएका सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका– ४ बस्दै आएका जितेन्द्र साह स्वर्णकारलाई पक्राउ गरेको छ ।

– जिल्ला प्रहरी कार्यालय, कैलालीले लागूऔषध ओसारपसारमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले धनगढी उपमहानगरपालिकाको छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

– सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१० का १३ वर्षीया खिमा ओली र १३ वर्षीया नै प्रतिमा बटाला गएको एक हप्तादेखि बेपत्ता भएका छन् ।

– गुल्मीमा जीपको ठक्करबाट रेसुङ्गा नगरपालिका–२ का वडाध्यक्ष उदयबहादुर थापा घाइते भएका छन् ।

– मादक पदार्थ सेवन गरी घरायसी विवादको कारण खोटाङमा २५ वर्षीय दिनेश कटवालले आफ्नै काका नाता पर्ने ४२ वर्षीय बालाराम कटुवालमाथि खुकुरी प्रहार गरेका छन् ।

Share This: