Tuesday, October 15th, 2019
चारवटा मैनबत्ती

चारवटा मैनबत्ती

रातको समय थियो, चारैतिर सुनसान थियो । एउटा कोठामा भने चारवटा मैनबत्ती बलीरहेको थियो । एकान्त भएका कारण उनीहरु एक अर्का सँग कुरा गरिरहेका थिए । पहिलो मैनबत्तीले भन्यो ‘म शान्ति हुँ तर मलाई लाग्छ अब यो संसारमा मेरो कुनै आवश्यकता छैन । चारैतिर हत्या, हिंसा र झगडा फैली रहेको छ, म अब यहाँ बस्न सक्दिन ।’ यसो भन्दै केहि बेरमा त्यो मैनबत्ती निभ्यो । दोस्रो मैनबत्तीले भन्यो ‘म बिश्वास हुँ, मलाई पनि यस्तो लाग्छ कि अब असत्य र अशान्तिको बिचमा मेरो कुनै आवश्यकता छैन, म पनि यहाँबाट जादैछु ।’ र दोस्रो मैनबत्ती पनि निभ्यो ।

तेस्रो मैनबत्तीले पनि दुःखी हुँदै भन्यो ‘म प्रेम हुँ, म सँग बली रहने शक्ति छ । तर आज हरेक व्यक्ति यति व्यस्त छ कि मेरो लागि कसैसँग समय नै छैन । मानिसहरु एक अर्कासँग प्रेम गर्न छोडी सके । अब म पनि यहाँ बस्न सक्दिन, म पनि यहाँबाट जाँदैछु’ यति भन्दै तेस्रो मैनबत्ती पनि निभ्यो । त्यसपछि एउटा बालक कोठामा प्रवेश ग¥यो । मैनबत्ती निभेको देखेर उ अतालियो र आँखा भरि आँशु पार्दै भन्यो ‘तिमीहरु किन यति चाँडै निभ्यौ, तिमीहरु त नसकिउन्जेल सम्म बल्नुपर्ने हो । तिमीहरु यसरी बिचैमा निभ्न सक्दैनौ ?’ त्यसै बेला चौथो मैनबत्तीले भन्यो ‘प्रिय बालक न आतिऊ । म आशा हुँ र जब सम्म बलीरहनेछु बाँकि मैनबत्तीलाई पनि फेरि बाल्न सक्छौ ।’ यो सुनेर बालक खुशी भयो उसले आशाको भरमा शान्ति विश्वास र प्रेमलाई पूनः प्रकाशित ग¥यो । यसैगरी जब हामी चारैतिर अन्धकारको स्थिती देख्छौ वा जब हामी आफूलाई एक्लो महसूस गर्छौ, त्यस बेला पनि आशा गर्न छोड्नु हुँदैन किनकी यसमा यति शक्ति हुन्छ कि यसले गुमाएको चिज पनि भेट्टाउन मद्दत गर्छ ।

Share This: