Tuesday, October 15th, 2019
खेलकुद

खेलकुद

– डिफेन्डिङ च्याम्पियन लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा जित हात पारेको छ । बुधबार राति आफ्नै घरेलु मैदानमा समूह ‘इ’ मा भएको खेलमा लिभरपुलले साल्जबर्गलाई ४–३ गोलअन्तरले पराजित गरेको हो ।

– स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब इन्टर मिलानलाई पराजित गरेको छ । बुधबार राति आफ्नै घरेलु मैदानमा भएको समूह ‘एफ’को खेलमा बार्सिलोनाले इन्टर मिलानलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

– नेपाली मुलकी महिला फुटबल खेलाडी अस्मिता आले इंग्ल्याण्डको यू–१९ फुटबल टिममा परेकी छिन् । १७ वर्षीया अस्मितालाई उनको प्रदर्शनका आधारमा टिममा राखिएको हो ।

– तेस्रो तथा अन्तिम एकदिवसीयमा पनि श्रीलंकालाई ५ विकेटले पाराजित गरी दशकपछि घरेलु मैदानमा खेलेको पाकिस्तानले शृंखला जितेको छ । पाकिस्तानले पहिलो खेल ६७ रनले जितेको थियो भने दोस्रो खेल वर्षाले रद्ध भएको थियो ।

– नेपालले टी–२० त्रिकोणात्मक सिरिज क्रिकेटको लिग चरणको आफ्नो अन्तिम खेलमा आयोजक राष्ट्र सिंगापुरसँग अंक बाँडेको छ । खेल सुरु हुनु भन्दा अघि नै मुसलधारे पानी परेपछि दुबै टिमले १-१ अंक बाँडेका हुन् ।

– १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि २० जना ब्याडमिन्टन खेलाडी छनोट भएका छन् । नेपाल ब्याडमिन्टन संघले राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको छनौट प्रतियोगिताबाट १० पुरुष र १० महिला गरी कुल २० खेलाडी छनोट गरेको हो ।

– अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्रीस्टार क्लबका मेघराज केसीलाई एएफसी यू–१९ च्याम्पियनसिप छनोटमा नेपाली टिमको मुख्य प्रशिक्षकमा बुधबार नियुक्त गरेको छ ।

– नेपालका कमलबहादुर भण्डारी र उत्तमकुमार शेर्पाको जोडीले नेपाल आईटीएफ सिनियर्स वर्ल्ड र्याङकिङ टेनिस च्याम्पियनसिपको सर्किट–२ अन्तर्गत ४० वर्षमाथि पुरुष डबल्समा बिहीबार स्वर्ण जितेका छन् ।फाइनलमा कमल र उत्तमको जोडीले अस्ट्रेलियाका रोबर्ट म्याकगुइगान र भारतका कल्याणराम श्रीनिवाषणको जोडीलाई ६–१, ०–६, १०–२ को सेटमा हराए ।

– भारतीय मूलका दक्षिण अफ्रिकी अलराउन्डर सेनुरान मुथुसामीले भारतविरुद्धको पहिलो टेस्टमा डेब्यु गर्न पाउनुलाई विशेष मानेका छन् । तर भारतीय ओपनरहरूको संयमित साझेदारीले पहिलो दिन नै उनले कठोर शिक्षा पाएका छन् ।

– जिल्लाको सर्वाधिक पुरस्कार राशिको पुरुष भलिबल प्रतियोगितामा मेलम्ची नगरपालिका विजयी भएको छ । बुधबार फाइनलमा चौतारा साँगाचोकगढी नगरपालिकालाई सोझो सेटमा हराउँदै मेलम्चीले उपाधि उचाल्यो ।

– गोरखा जिल्लामा बिहीबार भएको लिगलिगे दौडमा प्रथम भइ भारतीय सेनामा कार्यरत पर्वतका अनिष थापामगरले ‘लिगलिगे राजा’ को उपाधि जितेका छन् । उनी लिगलिगे दौडमा प्रथम भएको यो चौंथो पटक हो ।

Share This: