Tuesday, October 15th, 2019
विदेशमा आज

विदेशमा आज

– ब्रिटेनले यसै महिनाको अन्त्यमा युरोपेली सङ्घ छाड्नेसम्बन्धी नयाँ प्रस्ताव सार्वजनिक गरिएको छ। विवादित मानिएको एउटा मुद्दामा ब्रिटेनले उत्तरी आयरल्यान्डलाई युरोपेली एकल बजारकै हिस्सामा रहने गरी तर भन्सार युनियन त्याग्ने गरी प्रस्ताव गरिएको छ।

– अफगान विद्रोही समूह तालिवानले विभिन्न मुलुकसंग वार्ताका लागि समर्थन जुटाउने प्रयासलाई तीव्रता दिएको छ । त्यसैक्रममा उसले एक उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबाद पठाउने घोषणा गरेको छ ।

– हङकङमा लोकतन्त्र समर्थित प्रदर्शनकारीमाथि प्रहरीले गोली प्रहार गरेको छ । प्रदर्शनका क्रममा १८ वर्षीय एक प्रदर्शनकारीलाई गोली लागेको र उनको अवस्था गम्भीर रहेको सञ्चार माध्यमहरुले जनाएका छन् । उनको एउटा अस्पतालमा शल्यक्रिया गरिएको छ ।

– पेरूमा संसद् विघटन गरिएको छ । राष्ट्रपति मार्टिन भिजकाराले सोमबार संसद् विघटन गरी ताजा निर्वाचनका लागि आह्वान गरेका छन् । मुलुकमा लामो समयदेखि जारी संस्थागत संकटकै बीच राष्ट्रपतिले संसद् भंगको घोषणा गरेका हुन् ।

– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याट सांसदमाथि आक्रोस पोखेका छन् । उनले विपक्षीलाई देशद्रोही र बेइमानको संज्ञासमेत दिएका छन् ।

– भारत प्रशासित जम्मू काश्मीरमा १४४ जना बालबालिकालाई पक्राउ गरेर हिरासतमा राखेको खुलासा भएको छ । भारतको संविधानको धारा ३७० खारेज गरेर विशेष राज्यको दर्जा खोसेपछि ९ र ११ वर्षका बच्चासहित १४४ नाबालिगलाई हिरासतमा लिएको पाइएको हो ।

– उत्तर कोरियाले नयाँ प्रकारको बलास्टिक क्षेप्यास्त्रको परिक्षण गरेको छ । आणविक हतियार बोक्नसक्ने क्षमता भएको उत्त क्षेप्यास्त्र उत्तरले यो वर्ष गरेको ११ औं परिक्षण हो ।

– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीका नेताहरुमाथि आफूविरुद्ध महाअभियोगको योजना बनाएको आरोप लगाएका छन् । डेमोक्रेटिक पार्टीका नेताहरुले देशलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर सोच्नुको सट्टा चुनाव जित्न महाअभियोगको योजना बनाएको आरोप लगाएका उनको भनाइ छ ।

Share This: