Tuesday, October 15th, 2019
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिवल (किम्फ) को १७ औं संस्करणमा ६९ देशका ४२३ फिल्म प्रदर्शन हुने भएको छ । हिमाल एसोसियसनको आयोजनामा राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको अडिटोरियम हलमा २५ मंसिरदेखि पाँच दिने महोत्सव शुरु हुने किम्फका अध्यक्षले जानकारी दिए ।

– केही हप्ताअघि वीरगञ्जमा एसिड प्रहार भएको १५ वर्षीया बालिका मुस्कान खातुनलाई बलिउड अभिनेता अमिताभ बच्चनले भिडियो सन्देश छन् । अमिताभले मुस्कानलाई निकै बहादुर हुनुहुन्छ भन्दै हौसला र साहस बढाउने काम गरे साथै अमिताभले मुस्कानमाथि आक्रमण गर्नेलाई कानुनअनुसार कारबाही हुनुपर्नेमा पनि जोड दिएका छन् ।

– चलचित्र ‘पोई पर्यो काले’को कमेडी, सस्पेन्स र भावनाले भरिएको ट्रेलर सार्वजनिक भएको छ । कात्तिक ८ गतेबाट यो चलचित्र रिलिज हुँदैछ । यो चलचित्रमा नायक सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धरको साथमा नायिकाहरु पूजा शर्मा, श्रृष्टी श्रेष्ठ लगायतको मुख्य भूमिका छ ।

– हेमराज वीसीको निर्देशनमा तयार भएको चलचित्र ‘घामड शेरे’मा समावेश लोक शैलीको गीत ‘साली मन पर्यो’ सार्वजनिक गरिएको छ । यो चलचित्र कात्तिकको ८ गतेबाट रिलिज हुँदैछ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई फिचरिङ गरिएको छ ।

– अष्ट्रेलियामा बम्पर व्यापार गरेको नायक विपिन कार्की अभिनित ‘जात्रै जात्रा’ले उनको विदेशी बजार भ्यालु बढाएको छ । यसैले, उनले अभिनय गरिरहेको नयाँ चलचित्र ‘सेल्फी किङ्ग’लाई पनि छायांकनको क्रममा नै विदेशबाट माग आउन थालेको छ । ‘प्रसाद’ प्रदर्शन गरेको गोर्खे इन्टरटेन्मेन्टले नै ‘सेल्फी किंग’को प्रदर्शन अधिकार खरिद गरेको छ । यसका लागि २५ लाख रुपैयाँमा संझौता भएको निर्माता थापाको भनाई छ ।

– चलचित्र ‘आमा’को मन छुने ट्रेलर सार्वजनिक भएको छ । दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्रको फस्टलुकमा नायिका सुरक्षा पन्तले कपाल मुण्डन गरेकी छिन् । सुरक्षाको यो तस्वीर सार्वजनिक भएसँगै धेरैले यसलाई रुचाएका छन् । नेपाली समाजमा छोरीले आमा–बुबाको निधनपछि दागवत्ती दिन हुदैन भन्ने चलन छ ।

– निर्देशक प्रदिप भट्टराई र हाँस्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यविच टिमअप हुने भएको छ । यसअघि प्रदिपले मह संचारको ब्यानरमा बनेको चलचित्र ‘शत्रु गते’ निर्देशन गरेका थिए । यसपटक प्रदिपको निर्देशनमा बन्ने चलचित्रमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले काम गर्ने पक्का भएको हो ।

– बुधबार भारतमा परेको गान्धी जयन्तीको अवसरमा रिलिज भएको चलचित्र ‘वार’ले बक्स अफिसमा बम्पर ओपनिङ गरेको छ । चलचित्रले हिन्दी भाषामा ५१.६० करोडको कमाई गरेको छ । यस्तै, तामिल र तेलुगु भाषामा चलचित्रले १.७५ करोडको कमाई गरेको छ । योसँगै चलचित्रले पहिलो दिन भारतमा ५३.३५ करोडको कमाई गरेको हो । चलचित्रमा बलिउडका दुई एक्सन नायक ऋतिक रोशन र टाइगर श्राफको मुख्य भूमिका छ ।

Share This: