Tuesday, October 15th, 2019
एउटा मात्र मिर्गौला हुँदा स्वास्थ्यमा पर्ने असर

एउटा मात्र मिर्गौला हुँदा स्वास्थ्यमा पर्ने असर

हाम्रो शरीरमा जन्मजात दुईवटा स्वस्थ र क्रियाशील मिर्गौला हुन्छ । तर केही कारणहरूले गर्दा केही व्यक्तिहरूसँग एउटा मात्र मिर्गौला रहन पुग्छ । यदि हामी स्वस्थ जीवनशैली अपनाउँछौ भने एउटा मात्र मिर्गौला हुँदा पनि स्वस्थ रहन सक्र्छौ । तर यदि हामी अस्वस्थ जीवनशैली अपनाई रहेका छौ भने स्वस्थ मृगौलामा पनि गहिरो प्रभाव पर्छ । कुनै व्यक्ति सँग एउटा मात्र मिर्गौला हुनुको ४ वटा कारण हुन सक्छ ।

१. रेनल एजेंसिस

२. रेनल डिस्प्लेसिया

३. नेफेक्टोमी

४. दान गर्नु आदि ।

रेनल एजेंसिस

यो त्यस्तो स्थिति हो, जसमा कुनै व्यक्ति सँग जन्मजात एउटा मात्र मिर्गौला हुन्छ । प्रायः मानिसहरूको दाहिने मिर्गौला हुन्छ र बायाँ मिर्गौला गायब हुन्छ । ७५० व्यक्तिहरू मध्ये एक व्यक्ति यस्तो मस्याबाट पीडित हुन्छ । महिलाहरूको तुलनामा पुरुषहरुमा यो समस्या बढी पाइएको छ । तर यसका बारेमा त्यस बेला सम्म थाहा हुँदैन जब सम्म उसको एक्सरे गरिँदैन । एउटा मात्र मिर्गौला अल्पायुको कारण हुन्छ ।

रेनल डिस्क्लेसिया

यो त्यस्तो स्थिति हो जसमा व्यक्ति जन्मँदा दुवै मिर्गौला हुन्छ । तर दुई मध्ये एउटाले मात्र काम गर्छ र दोस्रो मिर्गौला बिग्रेको वा काम नगर्ने हुन्छ ।

नेफेक्टोमी

यस्तो स्थितिमा केही स्वास्थ्य सम्बन्धी समस्याहरूका कारण व्यक्तिको सर्जरी गरेर एउटा मिर्गौला फ्यालिन्छ । नत्र क्षतिग्रस्त मृगौलाबाट क्यान्सर जस्ता रोग लाग्ने सम्भावना हुन्छ ।

दान

संसारभरिमा हजारौँ व्यक्तिहरू यस्ता छन् , जसले अरूको जीवनका लागि आफ्नो एउटा मिर्गौला दान दिएका हुन्छन् । प्रायः मनिसहरुले आफ्ना नाता गोतालाई नै बढी दान दिएका हुन्छन् ।

जन्मजात एउटा मात्र मिर्गौला हुने व्यक्तिको स्वास्थ्य

जुन व्यक्तिको जन्मिँदै एउटा मात्र मिर्गौला हुन्छ ,उसले आफ्नो जीवनमा स्वास्थ्य समस्याको सामना गर्नु पर्दैन । तर जसले जन्म पछि एउटा मिर्गौला फ्याल्छ, यस्तो अवस्थामा २५ वर्ष पुगेपछि उसको मृगौलाले कम काम गर्न थाल्छ । यस्तो व्यक्तिमा उच्च रक्तचापको समस्या देखा पर्न जान्छ । तर यदि स्वस्थ जीवनशैली अपनाउने हो भने एउटा मात्र मिर्गौला भए पनि स्वस्थ जीवन जिउन सकिन्छ ।

ट्रान्सप्लान्ट गरेको मिर्गौला कतिको राम्रो हुन्छ ?

एउटा ट्रान्सप्लान्ट गरेको मृगौलाले त्यसरी नै काम गर्छ जसरी एउटा सामान्य मृगौलाले काम गर्छ । यहाँ सम्म कि फेरेको मृगौलाले युवावस्थामा सामान्य रूपमा काम गर्छ । त्यसैले चिन्ता गर्नुपर्ने कुनै कुरा हुँदैन । तर स्वस्थ रहनका लागि स्वस्थ जीवन शैली अपनाउने, स्वस्थ खानपान, प्रशस्त पानी पिउने, व्यायाम गर्ने र डाक्टर सँग नियमित जाँच गराउने गर्नुपर्छ ।

कहिले र किन डाक्टर कहाँ जाने ?

वर्षमा एक पटक मिर्गौला परीक्षण गराउनु अनिवार्य हुन्छ । रगत तथा पिसाबको परीक्षण गरी मृगौलाले सामान्य रूपमा काम गरी रहेको छ वा छैन भन्ने कुरा पत्ता लगाउन सकिन्छ । यदि तपाईको एउटा मात्र मिर्गौला छ भने तपाईले नियमित रूपमा डाक्टरलाई परीक्षण गराउनु पर्ने ३ कारणहरू हुन सक्छन् ।

ब्लडप्रेशर चेक अप

एउटा मात्र मिर्गौला हुने व्यक्तिलाई हाई ब्लड प्रेसरको समस्या हुन सक्छ । यदि समयमै यसको परीक्षण गरिएन भने विभिन्न समयस्याहरु देखा पर्न थाल्छ । त्यसैले समय समयमा ब्लड प्रेसर परीक्षण गराई रहनु पर्छ ।

प्रोटीन्यूरिया परीक्षण

यो एउटा यस्तो स्थिति हो, जसमा रगतबाट पिशाबमा प्रोटिन स्राव हुन्छ । रगतबाट प्रोटिनको बढी स्रावको परिणाम स्वरूप शरीरमा बढी सोडियम र तरल पदार्थको मात्रा रहन पुग्छ । जसबाट पेट तथा खुट्टा सुन्निने सम्भावना हुन्छ ।

जिआरएफ क्षमता

जिआरएफ द्धारा यो पत्ता लगाइन्छ कि मृगौलाले रक्त सञ्चारबाट अपशिष्ट उत्पादनलाई कतिको राम्रो सँग हटाउँछ । जिआरएफको गणना गर्दा डाक्टरले रोगीको आयु, लिङ्ग र जातिलाई ध्यानमा राख्छन् । यसबाट डाक्टरले रोगीको मृगौलाको रोगको बारेमा पत्ता लगाउँछन् । यसबाट रोगीमा रोग कुन चरणमा पुगेको छ भन्ने पनि पत्ता लाग्छ ।

Share This: