Tuesday, October 15th, 2019
एग फ्राइड राइस

एग फ्राइड राइस

सामाग्रीः चामलः डेढ कप, पानीः ३ कप, नुनः स्वादानुसार, प्याजः १ वटा काटेको, हरियो खोर्सानीः २ वटा मसिनो काटेको, गाजरः १ वटा मसिनो काटेको, क्याप्सीकमः आधा मसिनो काटेको, धनियाँको पात, मख्खनः १ टेबल स्पुन, अण्डाः ३ वटा, मरिचको धुलोः अलिकति, अदुवा र लसुनको पेस्टः १ टेबल स्पुन, लसुनको केस्राः ४ वटा मसिनो काटेको आदि ।

विधिः

– सर्वप्रथम चामल पखालेर कुकरमा सिटी लगाएर पकाउनुहोस् ।

– अब एउटा प्यानमा मख्खन हालेर त्यसमा सबै अण्डा फुटाएर हाल्नुहोस् । त्यसमा स्वादानुसार नुन र मरिच हालेर चलाई रहनुहोस् ।

– अण्डा पाकेपछि एउटा भाडामा खन्याउनुहोस् ।

– त्यसपछि त्यही प्यानमा फेरि मख्खन हाल्नुहोस् । त्यसपछि प्याज, हरियो खोर्सानी, लसुन, अदुवा र लसुनको पेस्ट, गाजर, क्याप्सिकम सबै हालेर एकछिन भुट्नुहोस् ।

– २ मिनेट सम्म पकाएपछि त्यसमा पाकेको चामल हाली भुट्नुहोस् ।

– यसमा पनि स्वादानुसार नुन, मरिच हाल्नुहोस् ।

– त्यसपछि त्यसमा अण्डा मिसाउनुहोस् ।

– अब धनियाँको पत्ताले गार्निश गरे तातो तातो सर्व गर्नुहोस् ।

Share This: