Tuesday, October 15th, 2019
खेलकुद

खेलकुद

– ओमानमा हुने पाँच देश सम्मिलित टी-२० क्रिकेट सिरिजका लागि नेपाली क्रिकेट टिम ओमान पुगेको छ । सिंगापुरबाट श्रीलङ्का हुँदै टिम बिहीबार राति ओमान पुगेको हो।

– नेपाल सहभागी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उपाधि जिम्बाब्वेले जितेको छ । बिहीबार भएको खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गर्दै जिम्बाब्वेले सिरिज जितेको हो ।

– बेलायती सेनामा गोर्खा पल्टनका रिटायर्ड अमृत आलेकी यी १७ वर्षीया छोरी अस्मिता आले इंग्ल्यान्डको कुनै पनि तहको राष्ट्रिय टिममा छनोट हुने पहिलो नेपाली मूलकी खेलाडी हुन् । उतै जन्मिएकी अस्मिता इंग्ल्यान्डको यू–१९ टिममा छनोट भएकी हुन् ।

– चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणकै बेला पोखरामा चीन र नेपालका धावकबीच अन्तर्राष्ट्रिय दौड हुने भएको छ । असोज २९ मा पोखरा अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौड हुने भएको हो । पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ र चीनको कुन्मिङ पर्वतारोहण तथा अन्वेषण संघको संयुक्त आयोजनामा प्रतियोगिता हुनेछ ।

– ओपनिङ ब्याट्सम्यान मायंक अग्रवालले बिहीबार दोहोरो शतक पूरा गरेपछि भारतले पहिलो टेस्टमा दक्षिण अफ्रिकी बलरहरूलाई आच्छुआच्छु बनाएका छन् । अग्रवालको २ सय १५ रनमा भारतले पहिलो इनिङ्स ५०२–७ मा समाप्ति घोषणा गरेको छ ।

– एक सातापछि हुन लागेको विश्वकप फुटबल छनोट खेल खेल्न नेपाली टोली अस्ट्रेलिया आइपुगेको छ । नेपाली फुटबल टिमका म्यानेजर मधुसुदन उपाध्यायको नेतृत्वमा ३२ जनाको टोली बिहीबार बिहान सिड्नी आइपुगेको हो ।

– सर्वाधिक पुरस्कार राशी भएको धनगढी प्रिमियर लिग (डीपीएल) को चौथो संस्करण आगामी फागुन ३ देखि १५ गतेसम्म आयोजना हुने भएको छ । विभिन्न ६ सहरका ६ फ्रेन्चाइज टोलीको सहभागिता रहने उक्त प्रतियोगिताको खेल धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ ।

Share This: