Tuesday, October 15th, 2019
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– दाङमा खोलामा पौडी खेल्ने क्रममा डुबेर लमही नगरपालिका वडा नम्बर-९ बाङेतालका १४ वर्षीया टीका घर्ती र घोराही-१० नारायणपुरका १५ वर्षीया निरु बोहराको डुबेर ज्यान गएको छ ।

– महानगरीय प्रहरी महाशाखाको अनुगमनका क्रममा बिहीबार चाबहिल र कोटेश्वरका बस टिकट काउन्टरहरुबाट बढी भाडा लिने ११ जनालाई नियन्त्रणमा लिइएको छ । यस बाहेक बिहीबार नै मापसे गरेर गाडी चलाउने ४ जना चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

– हेटौँडा उपमहानगरपालिका-१, चाइना क्वार्टरमा शुक्रबार बिहान ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार ३५ वर्षीया सीता न्यौपानेको ज्यान गएको छ ।

– निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको यौन दुर्व्यवहार आरोपका विषयमा प्रहरीले ‘फरेन्सिक जाँच’ गर्ने भएको छ । यौन दुर्व्यवहार भएको भनिएको ‘क्राइम सिन’ र पीडित रोशनी शाहीका अभिव्यक्तिमा तालमेल नदेखिएपछि प्रहरीले कानुनी परामर्श र अपराध अनुसन्धान विज्ञहरूको सुझावका आधारमा फरेन्सिक जाँच गर्न लागेको हो ।

– बारामा बुधवार राति आठ बजेतिर अवैध घरेलु मदिरा बनाउने क्रममा एक बालिकासहित पाँच जनाको ज्यान गएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मदिरा बनाउन घरमै बनाइएको सेप्टिक ट्याङ्कीजस्तो ट्याङ्कीमा फेटा गाँउपालिका-४ बतराका पाँचजनाको शव फेला पारिएको हो।

– रूपन्देहीका छुट्टा–छुट्टै दुई सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवलको नयाँगाउँमा मोटरसाइकल दुर्घटना हुँदा ४५ वर्षीय गणेश अधिकारीको ज्यान गएको छ । यस्तै, बुटवल मण्डप अगाडि मोटरसाइकलको ठक्करबाट अन्दाजी ५५ वर्षीय पुरुषको ज्यान गएको छ । प्रहरीका अनुसार ती पुरुषको सनाखन हुन बाँकी छ ।

– मोरङको कटहरी गाउँपालिका-२ मा एक जना महिला बिहीबार मृत फेला परेकी छन् । परिचय खुल्न नसकेकी अन्दाजी ५२ वर्षीया महिला कुलो ९पैनी०मा डुबेको अवस्थामा मृत फेला परेको मोरङ प्रहरीले जनाएको छ ।

– झापाको कन्काई नगरपालिका-१ जामुनखाडी चोकमा भएको मोटरसाईकल दुर्घटनामा परी मोटरसाईकल चालक धरान-१३ का १८ बर्षीय अजिव राईको मृत्यु भएको छ भने २२ बर्षीय सबिन राई तथा ४५ बर्षीय डम्बर बहादुर खड्का घाईते भएका छन् ।

– ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं. ३ साँघुस्थित भस्मे खोल्साको काठको पुलबाट खसेर २९ वर्षीय सुरेन्द्र तामाङको मृत्यु भएको छ ।

– स्वस्थ मासु भन्दै व्यवसायीहरूले बिग्रिएको मासु फ्रिजमा राखेर उपभोक्तालाई दिने गरेको इटहरी अनुगमन समितिले जनाएको छ । इटहरी उपमहानगरले बुधबार र बिहीबार गरेको बजार अनुगमनमा मासु पसलमा सडेगलेका मासु बिक्री गर्ने गरेको रहस्य बाहिरिएको हो ।

– महेन्द्रराजमार्ग हुँदै पूर्व-पश्चिम हिँडेका हजारौ यात्रु दाउन्नेमा जाममा परेका छन् । कोइला बोकेका दुईवटा भारतीय नम्बरको गाडी एकअर्कालाई उछिन्ने होडबाजी गर्ने क्रममा सडकमा पल्टिएपछि दाउन्नेमा बिहान ३ बजेदेखि जाममा परेको हो ।

Share This: