Tuesday, October 15th, 2019
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– बलिउड नायक अक्षय कुमारको नयाँ फिल्म ‘लक्ष्मी बम्ब’ को फस्टलुक सार्वजनिक भएको छ । सार्वजनिक तस्बिरमा अक्षय माता दुर्गाको प्रतिमाको अगाडि उभिएका छन् र रातो साडीमा देखिएकी छन् । भने, सिउँदोमा रातो सिन्दूर र हातमा रातो चुरा लगाएका छन् । ‘लक्ष्मी बम्ब’ मा अक्षयको अपोजिटमा अभिनेत्री कियारा आडवाणी देखिनेछन् ।

– नायिका नन्दिता केसी दशैंको सिलसिलामा नेपाल आएकी छिन् । केसीले मिडियासँग कुरा गर्दै नेपाली चलचित्रमा आफूले कमब्याक गर्ने दाबी गरेकी छिन् । नन्दिताले आफूले नियमित रुपमा चलचित्र हेर्ने गरेको पनि सुनाएकी छिन् ।

– काठमाण्डौका सिंगल वा मल्टिप्लेक्स हलमा पुग्ने हो भने अहिले नेपाली चलचित्रलाई दशैंले नछोएको प्रष्ट देखिन्छ । काठमाण्डौ लगायत देशभरका हलमा अहिले हिन्दी र अंग्रेजी चलचित्रको दबादबा छ । अहिले हलमा ऋतिक रोशन र टाइगर श्राफ अभिनित चलचित्र ‘वार’ लागिरहेको छ । यस्तै, अंग्रेजी चलचित्र ‘जोकर’ पनि हलमा लागिरहेको छ । यी दुई चलचित्रले नै अधिकांश शो आफ्नो नाममा पारेका छन् ।

– विभिन्न समुदायको कला संस्कृतिको खोज अनुसन्धान गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने योजनासाथ कास्कीको मादी गाउँपालिकामा मादी डान्स आइडल सुरु भएको छ । यसका लागि गाउँपालिकाका १२ वडाबाट पहिलो अडिसनबाट एक सय जना प्रतिभा छनोट भएका थिए । आइडलको दोस्रो चरणबाट बुधबार ४० कलाकार छनोट भएका छन् ।

– मिस्टर र मिस थारू आइकन २०१९ को फाइनल राउन्डमा ३२ जना तय भएका छन् । थारू कला केन्द्रले आयोजना गरेको प्रदेश स्तरीय सौन्दर्य प्रतियोगिता मिस्टर थारू आइकनमा ११ र मिस थारू आइकनमा २१ जना अन्तिम प्रतिस्पर्धीको रूपमा छानिएका हुन् ।

– बक्स अफिसमा चलचित्र ‘लुकाछिपी’ हिट भएपछि नायिका कृती सेननको माग खुबै बढेको छ । स्टाइलिस्ट सुन्दरीको नयाँ चलचित्र ‘हाउसफुल ४’ तिहारमा रिलिज हुँदैछ । यो चलचित्रमा उनी नायक अक्षय कुमारको जोडी बनेर देखिदैछिन् । भारतीय मिडियाका अनुसार कृतीले अक्षयसँग फेरि काम गर्ने पक्का भएको छ । नायक अक्षय कुमार चलचित्र ‘बच्चन पाण्डे’को छायांकन केही दिनमै सुरु गर्दैछन् । यो चलचित्र सन् २०२० को क्रिसमसमा रिलिज हुँदैछ ।

Share This: