Tuesday, October 15th, 2019
एम्बुलेन्सका ड्राइवर जसले मैकडोनाल्डलाई सफल बनाए

एम्बुलेन्सका ड्राइवर जसले मैकडोनाल्डलाई सफल बनाए

मैकडोनाल्ड आजको समयमा चिरपरिचित नाम हो । मैकडोनाल्डको नाम सुन्ना साथ हाम्रो दिमागमा बर्गर तथा पिज्जाको चित्र घुम्न थाल्छ । मैकडोनाल्डको सुरुवात रिचर्ड र मैरिस मैकडोनाल्डले गरेका थिए । तर यसलाई आजको स्थितिमा पु¥याउने काम रे क्रोकले गरेका थिए । उनले मैकडोनाल्डमा काम गर्न‘ अघि थुप्रै पेसाहरू अङ्गालेका थिए । उनी १५ वर्षको उमेरमा प्रथम विश्व युद्धका क्रममा आफ्नो उमेर गलत बताई रेडक्रस एम्बुलेन्सको ड्राइवर बनेका थिए । यो उनको पहिलो नोकरी थियो । त्यसपछि उनले कागजको कप बेच्ने काम, रियल एस्टेट एजेन्ट, म्युजिक ब्यान्डमा पियानो बजाउने, मिल्क सेक मिक्सर बेच्ने आदि विभिन्न कामहरू गरे ।

५२ वर्षको हुँदा मिक्सर ग्राइन्डर बेच्ने क्रममा रे क्रोक मैकडोनाल्ड रेस्टुरेन्टमा पुगे । त्यहाँ उनले देखे कि मानिसहरू लामो लाइनमा मुस्कुराउदै उभिई रहेका थिए । रे क्रोकले ती ग्राहकहरूलाई सोधे कि यहाँको विशेषता के छ ? ती सबैले भने कि यदि तपाईँलाई उत्कृष्ट हेम बर्गर मात्र १५ मिनेटमा चाहिन्छ भने तपाईँ सही ठाउँमा हुनुहुन्छ । उनलाई यो तरिका मन प¥यो । त्यसपछि उनले रेस्टुरेन्ट मालिक सँग उक्त रेस्टुरेन्ट चलाउने लाइसेन्स लिए तर रिचर्ड र मौरीका त्यति बेला मैकडोनाल्ड्स साइड बिजनेसको रूपमा चलाई रहेका थिए । त्यसैले उनीहरूले क्रोकको सल्लाहलाई बेवास्ता गरे । यसबाट रेस्टुरेन्टलाई निकै नोक्सान भई रहेको थियो । त्यसपछि रे क्रोकले उक्त रेस्टुरेन्ट नै किन्ने निर्णय गरे र बढी मूल्य तिरेर मैकडोनाल्ड किने ।

मैकडोनाल्डको सफलताको ३ सिद्धान्तहरूअब क्रोक मैकडोनाल्डलाई आफ्नै तरिकाले चलाउनका लागि स्वतन्त्र थिए । उनले यसलाई सफल बनाउन ३ वटा सिद्धान्त बनाए ।

१. निरन्तर उत्कृष्ट स्वाद

२. स्वस्थ, स्वच्छ वातावरण

३. ग्राहकको राम्रो सेवा आदि ।

मैकडोनाल्डको स्वामित्व लिए पछि रे क्रोकले विभिन्न प्रयोगहरू गरे जसबाट ग्राहकलाई अझ स्वादिष्ट हेम बर्गर दिन सकियोस् । उनले आलुको फरक फरक टुक्रालाई बेग्ला बेग्लै परिमाणको तेलमा तारेर हेरे र पत्ता लगाए कि यत्रो आकारको आलुको टुक्रा यतिको तातो तेलमा यति समय सम्म तार्दा स्वादिलो हुन्छ । हजारौँ प्रयोग गरेर उनले हरेक प्रकारका पकवानलाई उत्कृष्ट स्वाद भएको बनाए र त्यसको फर्म‘ला बनाए । उनले ३ वटा सिद्धान्त लागू गरेर मैकडोनाल्डलाई टाढा टाढा सम्म प्रसिद्ध बनाए । अब क्रोक आफ्नो व्यवसायलाई अगाडि बनाउन चाहन्थे । उनी मैकडोनाल्डको विभिन्न शाखाहरू खोल्न चाहन्थे तर हरेक शाखाका लागि आवश्यक थियो पुँजी, मेहनत र समय । उनलाई पुँजी र मेहनतको समस्या थिएन, तर उनी सँग समय थिएन । बढी भन्दा बढी उनी २ वटा रेस्टुरेन्ट चलाउन सक्थे र शाखामा म्यानेजर राख्नु पथ्र्यो । तर क्रोक आफ्नो काममा पक्का थिए । उनको विचारमा नोकर भनेको नोकर नै हुन्छ । उसले काम मात्र गर्छ, मालिकले जस्तो जिम्मेवारी उठाउँदैन । त्यसपछि उनले आफ्ना साथीभाइ तथा नातागोतालाई भेटेर मैकडोनाल्डको शाखा खोलेर चलाउने प्रस्ताव राखे । उनले मैकडोनाल्ड नाम दिने र सफल हुने प्रणाली सिकाउने प्रस्ताव राखे र विश्वास दिलाए कि यसबाट फाइदा हुनेछ । उनले ९८ प्रतिशत रेस्टुरेन्ट मालिकलाई र २ प्रतिशत आफूले नाफा लिने प्रस्ताव राख्दा पनि कसैले उनको प्रस्ताव मानेन । कतिपय व्यक्तिले क्रोकलाई पागल भने जो आफ्नो सफलताको रहस्य अरूलाई सिकाउन तयार थियो । तर नेन्सी कि भन्ने उनको एक जना आफन्तले उनको प्रस्ताव स्वीकार गरिन् र त्यहीबाट व्यापार जगतमा नयाँ क्रान्तिको शुभारम्भ भयो । नैन्सीले मैकडोनाल्ड जस्तै डिजाइनको शाखा सुरु गरिन् । क्रोकले उनको पुरा मद्दत गरे र आफ्ना ३ वटा सिद्धान्तहरू पनि सम्झाए । केही समयमै मैकडोनाल्डको पहिलो शाखा सफल भयो । जो व्यक्ति पहिला मैकडोनाल्डको शाखा खोल्न राजी थिएनन् , बिस्तारै उनीहरू सबै शाखा खोल्न चाहन्थे । रे क्रोकको मृत्यु हुँदा सम्ममा मैकडोनाल्डको आठ हजार शाखा थियो । सन् २०१६ सम्ममा यो संख्या ३७ हजार पुगेको थियो ।

Share This: