Tuesday, November 19th, 2019
घरपालुवा बाख्राको अनौठो

घरपालुवा बाख्राको अनौठो

बाख्रा एउटा घरपालुवा जनावर हो । मानव जातिले धेरै अघि देखि नै बाख्रा पालन गर्दै आई रहेको छ । संसारभर बाख्राको लगभग ३०० भन्दा बढी प्रजाति पाइन्छ । स्वाभावले डरपोक र शान्त बाख्रालाई मासु तथा दूधका लागि पालिन्छ । सन् २०१० पछि बाख्राको सङ्ख्या ९० करोड भन्दा बढी पुगी सकेको छ । यसको केही रोचक तथ्यहरू यस प्रकार छन् ।

– बाख्रा समूहमा बस्न मन पराउने जीव हो यो एक्लै हुँदा मानसिक रूपमा विचलित हुने गर्छ र असहज तथा असुरक्षित महसुस गर्छ ।

– एउटा बाख्राको आयु १५ देखि २० वर्ष सम्म हुन्छ ।

– बाख्राले नहल्लीकन ३२० देखि ३४० डिग्री. सम्म देख्न सक्छ । बाख्राको आँखाको नानी आयाताकार हुने भएकाले यो सम्भव भएको हो ।

– यो संसारभर पाइन्छ । यसको दूध पच्न सजिलो, हलुका र गुणकारी हुन्छ ।

– भाले तथा पोथी दुवै बाख्राको दा¥ही हुन्छ ।

– संसारभरिमा सबैभन्दा बढी खाइने रेड मिटको ७० प्रतिशत बाख्राको मासु हुन्छ ।

– गुगलले नियमित रूपमा लगभग २०० वटा बाख्रा नियमित रूपमा भाडामा लिन्छ, जसबाट घाँस काट्ने मेसिन प्रयोग गर्नुको सट्टा बाख्राले चपाओस् ।

– सार्जेंट बिल नामको एउटा बाख्रा विश्वयुद्धको क्रममा क्यानाडेली युद्धको नायक बनेको थियो । उसले ३ जना सैनिकलाई खाल्डोमा धकेलेर विस्फोटक सेलबाट बचाएको थियो ।

– हाल सम्मको सबैभन्दा महँगो बाख्रा १,९४,५४७.२० अमेरिकी डलरमा बेचिएको थियो ।

– गाईको दूधभन्दा बाख्राको दूध उत्तम हुन्छ किनकि बाख्राको दूधमा गाईको भन्दा ५ गुणा कम फ्याट हुन्छ ।

– रेसको घोडालाई प्रायः एउटा बाख्रा साथी दिइन्छ,जसबाट उसले स्टलमा एक्लोपन महसुस नगरोस् ।

– बाख्रा राम्रो सँग पौडी खेल्न सक्छ ।

– मध्यपूर्व मरुभूमि बनिनुमा बाख्रा एउटा कारण हो ।

– बाख्राको तल मात्र दाँत हुन्छ । माथि गिजा मात्र हुन्छ ।

– आयरल्याण्डको एउटा सहरमा बाख्रालाई ३ दिनका लागि राजा बनाइन्छ र ४० फुटको आसनमा बसाइन्छ ।

– ओरेगनका मानिसहरु बाख्रा सँग योग कक्षा लिन्छन् । यो यति लोकप्रिय छ कि ती कक्षाका लागि लगभग ९०० मानिसहरू प्रतीक्षाको सूचिमा छन् ।

Share This: