Tuesday, November 12th, 2019
धैर्यता (प्रेरक कथा)

धैर्यता (प्रेरक कथा)

एउटा बूढो गधा थियो । त्यो कैयौ वर्ष देखि एउटा किसानकोमा काम गरिरहेको थियो । एकदिन त्यो गधाँ गल्तीले किसानको घर पछाडिको पूरानो कुवाँमा खस्यो । कुवाँमा पानी थिएन । त्यसकारण गधा मरेन तर कुवाँ धेरै गहिरो भएकोले गधालाइ निकाल्न संभव थिएन । किसानले गधालाई निकाल्न अनेक उपाय ग¥यो तर सकेन । उ गधाको दुःख हेर्न सकिरहेको थिएन । किसानले आफ्नो छिमेकीहरुलाई बोलायो र माटो हालेर पुर्ने निर्णय भयो । यसबाट गधाले पनि मुक्ति पाउँथ्यो र पूरानो कुवाँ पनि पुरिने थियो । त्यसपछि सबै जनाले कुवाँमा माटो हाल्ने काम शुरु गरे । शुरुवातमा गधा भोक र तिर्खाले बेहोस् जस्तै भएको थियो तर जब माटो उ माथि पर्न थाल्यो तब उसको होस आयो । आफू माथिको माटोलाई आङ् जुर्काएर हटायो र उभियो । त्यसरी जब जब माटो उसको जीउमा प¥यो तब तब उसले आङ् जुर्काएर माटो हटायो । यस बिचमा गधालाई चोट पनि लाग्यो तर पनि उसले प्रयास जारी राख्यो । यस्तो गर्दा गर्दै अन्त्यमा त्यो गधा कुवाँबाट निस्कियो । यदि गधाले आङ् झर्काएर माटो नप्mयाकेको भए उ माटोले पुरिएर मथ्र्यो तर उसले धैर्यता
देखायो र हार मानेन र अन्त्यमा विजेता बन्यो ।

Share This: