Tuesday, November 12th, 2019
खेलकुद

खेलकुद

– लियोनल मेसीले डेड बल स्थितिमा दुर्लभ ह्याट्रिक गरेपछि बार्सिलोनाले शनिबार राति सेल्टा भिगोलाई ४–१ ले हरायो । स्पेनी ला लिगामा प्राप्त यो जितपछि प्रशिक्षक एरनेस्टो भाल्भेरडेमाथि सिर्जना भएको दबाब केही कम भएको छ । मेसीको यो ३४ औं ह्याट्रिक हो ।

– पूर्वाधार तयारीमा भइरहेको प्रगति हेर्दा विश्वस्त हुने ठाउँ नरहे पनि १३ औं दक्षिण एसियाली खेलकुद ९साग० मंसिर १५ देखि २४ गतेको निर्धारित मितिमै आयोजना हुने निश्चित भएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको शनिबार राजधानीमा बसेको बैठकमार्फत नेपालले सबै सदस्य राष्ट्रलाई निर्धारित मितिमै प्रतियोगिता हुनेमा विश्वास दिलाएको छ ।

– विजय श्रेष्ठ आइन्डहाउसले शनिबार गोकर्ण गल्फ क्लबमा लक्ष्मी बैंक गल्फ जितेका छन् । एक ह्यान्डिक्यापमा खेलेका उनी ३८ स्कोर गर्दै नोर्बु शेर्पासँग टाइ भएपछि काउन्टब्याकका आधारमा विजयी भए ।

– मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले काठमाडौं भ्रमणको अन्तिम खेलमा मिश्रित नेपाली टोलीलाई ट्वान्टी–२० क्रिकेटमा १ सय १३ रनले पराजित गरेको छ । एमसीसीले अब पोखरामा कास्की ११ र मुख्यमन्त्री–११ टिमसँग दुई खेल खेल्नेछ ।

– त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेडबीच अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप फुटबलको उपाधिका लागि फाइनल प्रतिस्पर्धा हुने भएको छ । शनिबार दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

– लेस्टर सिटीले शनिबार राति इंग्लिस प्रिमियर लिगमा आर्सनललाई २–० को दोस्रो स्थानमा उक्लियो । हारले आर्सनलको आफ्नै शीर्ष चारमा पुग्ने अभियानमा धक्का पुगेको छ ।

– निकोलो बारेलाले इन्टर मिलानका लागि गरेको पहिलो गोलको मद्दतले क्लबले शनिबार राति भेरोनालाई २–१ ले हरायो । यो जितपछि एन्टोनिया कोन्टेको इन्टर इटालीको सिरी ए मा फेरि शीर्ष स्थानमा उक्लेको छ ।

– १३ औं दक्षिण एसियाली खेलकुद ९साग०का लागि वैदेशिक प्रशिक्षणमा रहेको राष्ट्रिय तेक्वान्दो टोलीले चीनमा आयोजित आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा १ रजत र ५ कांस्य पदक जितेको छ ।

– टी–२० क्रिकेटमा नेपाल भ्रमणकारी टोली मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग ११३ रनको फराकिलो अन्तरले पराजित भएको छ । यससँगै उसले नेपाल भ्रमणको सुखद अन्त्य गरेको छ ।

– रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा इबरलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा घरेलु टोली इबरलाई रियल मड्रिडले ४–० गोलअन्तरले पराजित गरेको हो ।

– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिष्टल प्यालेसलाई २–० गोलअन्तरले पराजित गरेको छ । शनिबार राति आफ्नै मैदानमा भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेसमाथि सहज जित निकालेको हो ।

– अफगानिस्तानविरुद्धको दोस्रो एकदिवसीय खेलमा वेष्ट इण्डिजले ४७ रनको विजय हासिल गरेको छ । पहिलो खेल पनि जितेको क्यारेवियन टोलीले तीन एकदिवसीय शृंखला आफ्नो पक्षमा समेत पारेको छ ।

– आउँदो दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाउने नेपाली महिला फुटबल टोलीको घोषणा भएको छ । प्रतियोगिता सुरु हुने तीन साताको समय बाँकी रहेको अवस्थामा प्रशिक्षक हरि खड्काले २० सदस्यीय टिमको नामावली सार्वजनिक गरेका हुन् । दक्षिण एसियाली खेलकुद डिसेम्बर १ देखि १० तारिखसम्म काठमाण्डौ र पोखरामा आयोजना हुनेछ ।

– धरान–११ स्थित मकालु युवा क्लबको आयोजनामा तेस्रो वडाध्यक्ष कप शनिबारदेखि शुरु भएको छ । सगरमाथा चोकको खेल मैदानमा शुरु भएको प्रतियोगितामा ११ नम्बरका १६ वटा टिम सहभागी छन् । विजेताले नगद २० हजार र उपविजेताले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले बताएको छ ।

– धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको मैदानको काम सुरु भएको छ । रंगशालाको डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार भएपछि सोहीअनुसार पहिलो चरणमा मैदानको काम सुरु भएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसले जानकारी दिए ।

Share This: