Tuesday, November 12th, 2019
आर्थिक/बिजनेश

आर्थिक/बिजनेश

– संघीय सरकारबाट विनियोजन हुने स्थानीय पूर्वाधार विकास कार्यक्रमका लागि ६ करोड रुपैयाँका २८ योजना छनोट भएका छन् । कार्यक्रमअन्तर्गत निर्वाचन क्षेत्र नम्बर २ मा बजेट थुप्रै टुक्रे योजनामा पारिएको छ ।

– संसद्बाट पास भएको विज्ञापन ऐन राजपत्रमा प्रकाशित भएसँगै अब विदेशी च्यानलले नेपालमा प्रसारण गर्दा विज्ञापन बजाउन नपाउने भएका छन् । कात्तिक ८ गते राजपत्रमा प्रकाशित विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ ले विज्ञापनरहित प्रकाशन वा प्रसारण गर्नुपर्ने (क्लिन फिड) प्रावधान राखेको छ ।

– गएको १० महिनामा ६४ जनाले मात्र विदेशबाट फर्केका युवा परियोजना कर्जा प्राप्त गरेका छन् । यो ऋण प्राप्तिका लागि परेको आवेदनको तुलनामा धेरै कम हो । रोजगारीका लागि बिदेसिएका नेपालीलाई स्वदेशमै उद्यममा लगाउने उद्देश्यले सरकारले विदेशबाट फर्केका युवा परियोजना ऋण कार्यक्रम ल्याएको थियो ।

– नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण शिलान्यास भएको दुई साता बितिसके पनि मुआब्जाबारे टुंगो नलाग्दा निर्माण प्रक्रिया अघि बढेको छैन ।

– निजी क्षेत्रको सबैभन्दा ठूलो प्रतिनिधि संस्था नेपाल उद्योग वाणिज्य महासंघले २९ कात्तिकमा बोलाएको विशेष साधारण सभा आइतबार औपचारिक रूपमा रद्द हुँदै छ। महासंघको विधान संशोधन कार्यदलले गत शुक्रबार नै प्रस्तावित साधारण सभा स्थगित गर्ने निर्णय गरिसकेको छ।

– उत्तरी युरोपली राष्ट्रसँग नेपालले सिधा हवाई सेवा सझौता गर्ने भएको छ। हवाई सेवा सम्झौताका लागि आवश्यक तयारी थालिएको छ। नेपाल फिनल्यान्ड सिधा हवाई सेवा सम्झौता ९एएसए०का लागि दुवै मुलुकले आ–आफ्नो प्रस्तावको मस्यौदा पठाउने काम भइसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका हवाई उद्योग महाशाखाका सहसचिवले भने।

– सधैं झैं यसपाली पनि कैलाली र कञ्चनपुरका किसान रसायनिक मलको अभावमै गहुँ छर्ने भएका छन्। गहुँ छर्न पहिले प्रयोग गरिने डिएपी मल कृषि सामग्री कम्पनी धनगढीको गोदाममा एक दाना पनि छैन।

Share This: