Tuesday, November 12th, 2019
विदेशमा आज

विदेशमा आज

– अस्ट्रेलियाको पूर्वी क्षेत्रमा फैलिएको डढेलोका कारण कम्तीमा ३ जनाको मृत्यु भएको छ । शुक्रबारदेखि फैलिएको डढेलोका कारण हालसम्म कम्तीमा ३० जना घाइते भएका छन् । अधिकारीहरूका अनुसार सयौं विस्थापित छन् ।

– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई धन्यवाद ज्ञापन गरेका छन् । भारतीय सिखलाई पाकिस्तान जान निःशुल्क प्रवेशाज्ञा दिनका लागि सहयोग गरेकोमा मोदीले इमरानलाई धन्यवाद दिएका हुन् ।

– भारतको सर्वोच्च अदालतले अयोध्याको विवादास्पद धार्मिक भूमि हिन्दु पक्षको भएको फैसला गरेको छ । दशकौंदेखि विवादित राममन्दिर–बाबरी मस्जिदसम्बन्धी मुद्दाको फैसलापछि राममन्दिर निर्माण गर्न बाटो खुलेको छ ।

– भारतको केन्द्र सरकारले शुक्रबार कांग्रेस अध्यक्ष सोनिया गान्धी, राहुल गान्धी र प्रियंका गान्धी वाड्राको एसपीजी ९विशेष सुरक्षा समूह० सुरक्षा हटाउने फैसला गरेको छ । यी तीनै जनाको चरणबद्ध रुपमा एसपीजी सुरक्षा हटाइनेछ । पूर्व प्रधानमन्त्री राजीव गान्धीको हत्यापछि पूरै गान्धी परिवारलाई एसपीजी सुरक्षा कभर दिने फैसला गरिएको थियो ।

– भारतले आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीको विषयमा आलोचनात्मक समाचार लेखेका पत्रकार तथा लेखक आतीश अली तासीरको ओभरसिज सिटिजन अफ इन्डिया (ओसीआई) खारेज गरिदिएको छ । भारतको गृह मन्त्रालयले नागरिकता ऐन, १९५५ अनुसार तासीरको ओसीआई खारेज गरेको जनाएको छ । ओसीआई कार्ड भारतीय मूलका विदेशीले पाउने नागरिकतासरह मानिन्छ ।

– इरानले अब यूरेनियम संकलनलाई पाँच प्रतिशत पुर्याउने भएको छ । सम्झौतामा इरानको यूरेनियम प्रशोधन क्षमतालाई ३।६७ प्रतिशतमा झार्नुपर्ने सीमा तोकिएको थियो । अमेरिकाले एकतर्फी रूपमा सम्झौता तोडेको र इरानमाथि आर्थिक नाकाबन्दी कडा पारेको भन्दै आफूले अब यसलाई मान्न बाध्य नहुने घोषणा गरेको हो । अमेरिकासहितका विश्व शक्ति राष्ट्रहरूसँग सन् २०१५ मा भएको आणविक सम्झौतामा इरानले यूरेनियमको प्रशोधन घटाउने सहमति भएको थियो ।

– पाकिस्तानमा पर्ने शिखहरुको ऐतिहासिक तिर्थस्थल कर्तरपुरमा भारतीय शिख समुदायका तिर्थालुहरु प्रवेश गरेका छन् । सयौंको संख्यामा भारतीय शिखहरु पहिलोपटक आफ्नो ऐतिहासिक तिर्थस्लथ प्रवेश गरेका हुन् । दुई देशबीच नयाँ सम्झौतापछि उनीहरुले अब पाकिस्तानी भूमिमा रहेको उक्त तिर्थस्थल प्रवेश गर्ने अनुमति पाएका हुन् ।

– ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनोसियो लुला द सिल्भा जेलबाट रिहा भएका छन् । उनी जेलमुक्त हुने फैसला भएसँगै उनका वर्कर्स पार्टीका कार्यकर्ताहरु रातो झण्डा बोकेर उनको स्वागतका लागि जेलको गेटमा पुगेका थिए । लुला सत्ताको दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै २०१८ मा उनलाई आठ वर्ष १० महिनाका लागि जेल पठाइएको हो ।

– जीवनरक्षाको लागि शरण खोजिरहेकी इरानी सुन्दरीको अनुरोध फिलिपिन्सले स्वीकार गरेको छ । ‘मिस इरान’को ताज जितिसकेकी इरानी मोडल बहरेह जार बहरीले गत महिनादेखि नै शरणका लागि फिलिपिन्स समक्ष आग्रह गर्दैआएकी थिइन् । मनिलास्थित निनो एक्विनो अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी बहरीको अनुरोध झण्डै एक महिनापछि स्वीकृत भएको हो ।

Share This: