Tuesday, November 12th, 2019
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– डोटीको शिखर नगरपालिका १० खन्नेखोलामा ट्याक्टर दुर्घटना हुँदा चालक धनगढी उपमनपा ४ उत्तरबेहडी कैलाली घर भएका ३२ वर्षीय अनिल चौधरीको मृत्यु भएको छ । शनिबार बेलुका ७ बजे दिपायलबाट डडेल्धुरातर्फ जाँदै हो ।

– करेन्ट लागेर नवलपरासीको गैंडाकोटमा गएराति ट्रकमाथि बसेका मध्यविन्दु नगरपालिका–६ का २४ वर्षीय मतिराम महता थारूको नांगो तारमा प्रवाह भइरहेको करेन्ट लागेर ज्यान गएको छ । ट्रक चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरी ले बताएको छ ।

– बुधबार राति इटहरी–१ स्थित हलगडामा कुुकुरको क्रुर हत्या गरेको भन्दै इलाका प्रहरी कार्यालयले तीनजनालाई पक्राउ गरेको छ । उनीहरूले खुकुरी आतङ्क मच्चाएर घरपालुवा कुकुरको हत्या गरेका थिए । स्थानीय मोहन विश्वकर्माको घरमा पालेको जर्मन सेफर्ड कुकुरलाई १२–१३ जनाको समूहमा आएका युवाहरूले घर तोडफोड गर्नुको साथै कुकुरको हत्या गरेका थिए ।

– तवनको भरतपुर अस्पतालको भर्याङमा एक पुरुषको शव झुण्डिएको अवस्थामा फेला परेको छ । अस्पतालको मेडिसिन विभाग नजिकको भर्याङमा झुण्डिएको अवस्थामा लम्जुङका विष्णु सुनारको शव फेला परेको हो । तीन महिना अगाडि सुत्केरी भएकी श्रीमतीलाई मुटुको तल्लो भागमा पानी जमेपछि उपचार गराउन कात्तिक १७ गते सुनार भरतपुर अस्पताल आएका थिए ।

– श्रीमतीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा सोलुखुम्बुमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ४० वर्षीया श्रीमती भगवती नेपालीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा सोताङ गाउँपालिका-५ का ४२ वर्षीय शिव नेपालीलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो ।

– चितवनको भरतपुर महानगरपालिका-७ तेह्रसालचोकमा स्कुटी अनियन्त्रित भई पल्टिँदा स्कुटी चालक भरतपुर-११ बस्ने २६ वर्षीय सुवास तामाङको मृत्यु भएको छ । स्कुटी पछाडि सवार २० वर्षीया पुजा सुनार गम्भीर घाइते भएकी छन् ।

– प्रहरीले नुवाकोटको म्यागन गाउँपालिका–४ का वडाध्यक्ष रामबहादुर तामाङलाई पक्राउ गरेको छ । लागूऔषध चरेस कारोबार गरेको आरोपमा अदालतले दोषी ठहर गरेको १५ वर्षपछि उनी पक्राउ परेका हुन् ।

– कुवेतमा एक नेपालीको उपचारका क्रममा निधन भएको छ । घोराही उपमहानगरपालिका –२, सुकेडाँगीका ३६ वर्षीय जबिन्द्र परियारको शनिबार राति निधन भएको हो ।

– भारतीय नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको बिरोधमा प्रदर्शमा उत्रिएका नेत्र विक्रम चन्द्र ९विप्लव०का २० जना विद्यार्थी नेता पक्राउ परेका छन् ।

– बाजुरामा प्रहरीले पेस्तोल र विस्फोटक दार्थसहित १६ जनालाई नियन्त्रणमा लिएको छ । गौमुल गाउँपालिका-३ माझपालीबाट रोल्पा गंगादेब गाउँपालिका-३ जिनावाङका ५२ वर्षीय चुडामण वलीसहित १६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

– बुङगल नगरपालिकामा खर काट्न गएकी एक महिलाको खसेर लडेर मृत्यु भएको छ । मुत्यु हुनेमा बुङगल नगरपालिका-५ की ३२ वर्षीया अन्जना धामी रहेकी छिन् ।

Share This: