Tuesday, November 12th, 2019
मुस्कानको मूल्य

मुस्कानको मूल्य

तपाईको मुस्कानले एकप्रकारले तपाईको गुडविलको काम गर्छ । यसले ती सबै व्यक्तिको अनुहारमा उज्यालो ल्याउँछ, जसले यसलाई हेर्छन् । त्यस व्यक्तिका लागि तपाईको मुस्कानले बाक्लो बादलको बिचबाट चिहाई रहेको घामले जस्तै महत्त्व राख्छ, जसले दर्जनौँ व्यक्तिलाई झर्किएको वा अँध्यारो मुख लगाएको देखेको छ । मुस्कानले निराशाबाट बाहिर आउन मद्दत गर्छ । मुस्कानले नै हामीलाई संसार रमाइलो र रंगीन छ भन्ने कुरा बताउँछ ।

चीनका दार्शनिकहरू निकै बुद्धिमान् थिए । उनीहरूलाई यो कुरा राम्ररी थाहा थियो कि संसार कसरी चल्छ । उनीहरूले भनेका थिए कि ‘जुन व्यक्ति सँग मुस्कुराई रहेको अनुहार छैन, उसले कुनै पसल खोल्नु हुँदैन ।’

मुस्कानको महत्व

यसमा केही खर्च हुँदैन

हाम्रो मुस्कान निःशुल्क हुन्छ । हामीले मुस्कुराउन पैसा तिर्न‘ पर्दैन । तर यसले हामी सँगसँगै अरूका लागि पनि धेरै महत्व राख्छ । हरेक व्यक्ति हाँसी खुसी जीवन बिताउन चाहन्छ । तर यस संसारमा हरेक व्यक्तिको जीवनमा तनाव, थकान र समस्याले सताई रहन्छ । जसबाट व्यक्ति बाहिर निस्किन चाहन्छ । यस्तो अवस्थामा कसैको हँसिलो अनुहार देख्दा गर्मीमा शीतलता झैँ अनुभव प्राप्त हुन्छ । कसैको अनुहारको मुस्कानले हाम्रो अनुहारमा पनि मुस्कान लिएर आउँछ । त्यसैले मुस्कुराउन कन्जुस्याई नगर्नुहोस् । यसमा पैसा लाग्दैन ।

मुस्कुराउने व्यक्ति गरिब हुँदैन

कसैको अनुहारमा मुस्कान देख्दा त्यो व्यक्तिको मनमा सुखको अनुभूति हुन्छ । एकछिनका लागि भए पनि उसले आफ्नो दुःख बिर्सिन्छ । यसले समृद्ध बनाउँछ साथै मुस्कुराउने व्यक्तिको पनि केही बिग्रिँदैन र यसले उसको धन हानि गर्ने वा गरिब बनाउने हुँदैन ।

मनमोहक मुस्कान सधैँ स्मरण रहन्छ

कहिलेकाहीँ कसैको मनमोहक मुस्कान सँधैका लागि स्मरणयोग्य बन्न पुग्छ । जब कुनै व्यक्ति निराश हुन्छ,त्यसबेला कसैको मनमोहक मुस्कानले अमृत सरह काम गर्छ र उसको दुखबाट निस्किन मद्दत गर्छ ।

मुस्कान बिना बाच्नु असम्भव

मुस्कानले जीवनलाई रंगीन बनाउँछ । कोही पनि व्यक्ति यति धेरै धनी छैन कि मुस्कान बिना बाच्न सकोस् र कोही पनि व्यक्ति यति धेरै गरिब छैन कि मुस्कानको लाभ लिन नसकोस् ।

सुखको प्रतीक मुस्कान

यसले घरमा सुख र आनन्द ल्याउँछ । व्यवसायमा सद्भाव कायम गर्छ र यो मित्रता कायम गर्ने अचुक ब्रम्हास्त्र पनि हो ।

थकित व्यक्तिका लागि आराम हो

मुस्कानले थाकेको व्यक्तिलाई आराम दिन्छ । यो निराश व्यक्तिका लागि आसाको किरण हो । दुःखी व्यक्तिका लागि घामको किरण र कष्टका लागि प्रकृतिको सर्वोकृष्ट औषधी हो ।

यसलाई चोर्न सकिँदैन

मुस्कान यस्तो धन हो जसलाई किन्न या चोर्न सकिँदैन । न त उधारो लिन सकिन्छ न त दानमा लिन सकिन्छ किनकि त्यस बेला सम्म यसको कुनै मोल छैन जब सम्म यो स्वेच्छाले कसैलाई दिइँदैन । त्यसैले सधैँ मुस्कुराउनुहोस् र सुखी रहनुहोस् ।

Share This: