Tuesday, November 12th, 2019
क्रोध (प्रेरक कथा)

क्रोध (प्रेरक कथा)

एउटा मेहनती र इमान्दार युवा निकै पैसा कमाउन चाहन्थ्यो किनकी उ गरीब थियो । उसको एउटा चाहना थियो, उ एक दिन मेहनत गरेर एउटा कार किन्ने छ । जब उ कुनै कार देख्थ्यो, उसलाई कार किन्ने रहर जागेर आउथ्यो । केही वर्ष पछि उसले राम्रो काम पायो । उसको बिहे भयो र केही वर्षमै उ एउटा छोराको बाबु बन्यो । सबै कुरा ठीक ठाक थियो तर उसले अझै पनि एउटा कार किन्न सकेको थिएन । बिस्तारै उसले पैसा जम्मा गर्यो र एउटा कार किन्यो । अब उसको सपना पुरा भयो, उ सानले कारमा चढेर हिड्थ्यो साथै उ आफ्नो कारलाई निकै माया गथ्र्यो । एक दिन उ कारलाई दलीदली सफा गर्दै थियो । उसको ५ वर्षको छोरा पनि उ सँगै थियो । छोरा पनि बुवा सँगै घुमी घुमी कार सफा गरेको हेरीरहेको थियो । कार सफा गर्दा गर्दै उक्त व्यक्तिले देख्यो कि उसको छोरा कार माथि कुनै तिखो वस्तुले केही लेख्दै थियो । उसलाई निकै रिस उठेर आयो, उ रन्थनियो र छोरालाई बेस्सरी कुट्यो । त्यसरी कुट्दा उसको छोराको औला नै भाँच्चियो । पछि उसको रिस शान्त भए पछि उसले कारमा कति नोक्सान भएछ भनेर हे¥यो । त्योे हेर्दा त उसको होश नै उडयो, उसलाई निकै ग्लानि भयो र रुन थाल्यो किनकी उसको छोराले त्यहाँ निकै कलात्मक ढंगले I love you Babaलेखेको थियो ।

यस कथाले हामीलाई यो कुरा सिकाउँछ कि कसैको बारेमा आवेशमा आएर गरेको निर्णय कहिले काँही गलत पनि हुन सक्छ ।

Share This: