Friday, December 13th, 2019
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– नायिका ऋचा शर्माले सामाजिक संजालको माध्यमबाट बिहेको साइत सार्वजनिक गरेकी छिन् । ऋचाले डिसेम्बर ७ अर्थात मंसिर २१ गते बिहे गर्न लागेको उल्लेख गरेकी छिन् । ऋचा केही समयदेखि दिपेश विक्रम राणाको प्रेम सम्बन्धमा छिन् । दिपेश ललितपुरको लाबिम मलका म्यानेजर समेत हुन् ।

– नेपाली कथानक चलचित्र ‘छ माया छपक्कै’ ले न्यूयोर्कमा सफल दुई प्रर्दशन गरेको छ । दर्शकले अत्याधिक रुचाएको यस वर्षकै उत्कृष्ट चलचित्र ुछ माया छपक्कैु को न्यूयोर्कमा पहिलो शोम्यानहाटनमा रहेको फ्रेन्चाइज मुभी हल एएमसीमा गरिएको थियो भने दोश्रो शो कुइन्सस्थित बम्बे थिएटरमा गरिएको छ ।

– गायक प्रेम परियार अब चलचित्रको नायक हुने भएका छन् । उनले अभिनय गर्न लागेको चलचित्र ‘पर्खि बसे फर्कि आउँछु’को शुभसाइत गरिएको छ । दाङको तुलसीपुरमा यो चलचित्रको शुभसाइत सम्पन्न भयो । राजबहादुर सानेको निर्देशनमा बन्न लागेको यो चलचित्रको छायांकन पनि दाङमै सुरु भएको छ । चलचित्रमा मुख्य कलाकारको रुपमा प्रेम परियार, समिक्षा बस्नेत र देव सागर छन् ।

– दक्षिण कोरियाका चर्चित कलाकार चा इन-हा सोलस्थित आफ्नै घरमा मृत फेला परेका छन्। सत्ताइस वर्षीय कलाकार चाको प्रतिनिधित्व गर्ने संस्थाले एउटा विज्ञप्तिमा आफू उनको मृत्युबाट शोकाकुल भएको उल्लेख गर्दै उनको मृत्युको कारणबारे कुनै अनुमान नगर्न आग्रह गरेको छ। उनले भर्खरै टेलिभिजन शृङ्खला ुलभ विथ फ्लजुमा अभिनय गर्न थालेका थिए।

– नायक अनमोल केसी अहिले अमेरिकामा छन् । ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा सहभागी हुन अनमोल अमेरिका पुगेका थिए । अनमोलले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा ‘स्टार अफ दि इयर’को अवार्ड प्राप्त गरे । यो अवार्ड पाउनु भन्दा केही दिन अगाडि मात्र उनले जापानमा आयोजना भएको ‘सूर्य इन्टरनेशनल फिल्म अवार्ड’मा ‘पपुलर नायक’को अवार्ड जिते । अनमोलले अवार्ड पाउने लोभ त धेरैलाई हुने तर, लोभ गर्दैमा अवार्ड नपाइने बताएका छन् ।

– बलिउडमा नायक रणवीर सिंह अहिले चलचित्र ‘कविर खान–८३’मा काम गरिरहेका छन् । यो चलचित्रमा उनी कपिल देवको भूमिकामा काम गरिरहेका छन् । उनी, कपिल देवको बायोपिकमा काम गरिरहेको समयमा यशराज ब्यानरको ‘जयसभाई जोरदार’को घोषणा भयो । यो चलचित्रको छायांकन मंगलबारबाट सुरु भएको छ । चलचित्रको छायांकनको समयमा नायक रणवीर सिंहको गेटअप सार्वजनिक भएको छ । यो चलचित्रमा उनी गुजराती यूवकको भूमिकामा देखिदैछन् ।

– भारतको सिलगुडीमा चलचित्र ‘संझना विर्सना’को छायांकन धमाधम चलिरहेको छ । यो चलचित्रमा नायक आकाश श्रेष्ठ, नायिका पूजा शर्मा, कलाकार शिशिर राणा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा नायिका पूजा शर्मा ‘संझना’को भूमिकामा देखिएकी छिन् । पूजा आफैले नै आफ्नो चलचित्रको नाम र लुक्स सार्वजनिक गरेकी छिन् । चलचित्रमा पूजा कतै लजालु यूवतीको भूमिकामा देखिएकी छिन् भने कतै उनी एङ्ग्री अवतारमा देखिएकी छिन् ।

– ‘सोर्मा, मिसन मंगल र साँड कि आँख’को रिलिजपछि बलिउड नायिका तापसी पन्नु बायोपिक चलचित्रमा काम गर्न जोसिएकी छिन् । उनै, तापसी अब मिथिला राजको बायोपिकमा काम गर्ने तयारीमा रहेकी छिन् । मिथिला भारतीय महिला क्रिकेट टिमकी क्याप्टेन हुन् ।

– केही दिन अगाडि मात्र चलचित्र ‘साङ्लो’को पहिलो गीत सार्वजनिक भएको थियो । सार्वजनिक ‘चरीले काफल टिप्यो’ बोलको गीतले रिलिज भएको ६ दिनमा नै १० लाख बढी भ्युज पाएको छ । भिडियोमा नायक विराज भट्ट र पूर्व मिस नेपाल निकिता चण्डकलाई फिचरिङ गरिएको छ । टुबमा प्रतिक्रिया दिने दर्शकले डेब्यू नायिका निकिता चण्डकको पनि प्रशंसा गरेका छन् । धेरैले निकिताले उत्कृष्ट काम गरेको उल्लेख गरेका छन् । माघ २४ गतेबाट रिलिज हुन लागेको यो चलचित्रलाई विराजले निर्देशन गरेका हुन् ।

Share This: