Friday, December 13th, 2019
खानपानका गलत आदतले हड्डी कमजोर बनाउँछ

खानपानका गलत आदतले हड्डी कमजोर बनाउँछ

हिजोआज साधारण चोट लाग्दा पनि हड्डी भाँच्चिने समस्या देखा परी रहेको छ । यस्तो हुनुमा हिजो आजको खानपान सम्बन्धी गलत आदतको ठुलो हात छ किनकि हिजोआज खानेकुरामा पर्याप्त पोषणको कमीका कारण शरीरमा विभिन्न समस्याहरू देखा परीरहेको छ । यस्तो खानपानको सिधा असर हड्डीमा देखा पर्छ । त्यसैले खानपानमा विशेष ध्यान दिई हड्डी कमजोर हुनबाट बचाउनुहोस् । आजको अंकमा हामी हड्डी कमजोर बनाउने गलत खानपानका बारेमा बताउन गई रहेका छौ ।

ब्रेन तथा अन्य बेकरी खाद्यपदार्थ

बेकरीका खाद्यपदार्थहरू स्वादिलो हुन्छ । तर यसमा चिनी तथा विभिन्न प्रकारका हानिकारक तत्वहरू हुन्छन् ,जसले शरीरको हड्डीलाई पोषण दिनुका सट्टा त्यसलाई खोक्रो बनाउँछ । त्यसैले हड्डी स्वस्थ राख्नका लागि यस्ता खाद्यपदार्थहरू कम खानुहोस् ।

बढी नुन सेवन

सोडियम बढी मात्रामा लिदा सुरुमा यसले हाम्रो ब्लड प्रेसरमा प्रभाव पार्छ । यस बाहेक यसले बिस्तारै हाम्रो हड्डी कमजोर बनाउँदै लैजान्छ । वास्तवमा बढी मात्रामा सोडियम सेवन गर्दा क्याल्सियम नष्ट हुन थाल्छ र पिसाब द्धारा बाहिर निस्किन्छ । त्यसैले नुन युक्त खाद्यपदार्थ जस्तै प्रोसेस्ड फुड, फास्ट फुड, प्याकेटमा भएका खानेकुरा आदिको सेवन सीमित मात्रामा गर्नुहोस् ।

चिनी पनि हानिकारक

बढी मात्रामा चिनी सेवन गर्दा हाम्रो शरीरमा फस्फोरसको मात्रा प्रभावित हुन्छ र यसले शरीरको क्याल्शियम अवशोषण गर्ने क्षमता कम गर्छ । त्यसैले चिनीयुक्त क्याल्शियम भएको खानेकुरा खादा पनि हामीले क्याल्शियम प्राप्त गर्न सक्दैनौ । यसले गर्दा हड्डी कमजोर र खोक्रो हुँदै जान्छ । त्यसैले गुलियो खाद्यपदार्थ जस्तै चकलेट, बिस्कुट, केक, मिठाई, सर्बत आदि पनि सीमित मात्रामा सेवन गर्नुहोस् ।

धूम्रपान

जन्मे देखि ३० वर्षको उमेर सम्म हड्डीको विकास कुनै न कुनै रूपमा भई रहन्छ । यदि तपाई कम उमेरमै नशालु पदार्थ वा धूम्रपान सेवन गर्नु हुन्छ भने हड्डीको विकास रोकिन्छ र हड्डी भाँचिन्छ ।

चिया, कफी, कैफिन युक्त खानेकुरा

कैफीनले शरीरमा पुगेर फाइदा भन्दा बढी नोक्सान गर्छ । बढी मात्रामा कैफिन सेवनले शरीरको हड्डीमा नराम्रो प्रभाव पार्छ । बढी कैफिन सेवनले शरीरको क्याल्शियम नष्ट हुन थाल्छ । शरीरमा क्याल्शियम कम हुँदा हड्डी र मांसपेशी कमजोर हुन्छ । एउटा अध्ययन अनुसार एक वर्ष सम्म दिनमा ३ कप कफी भन्दा बढी पिउँदा बोन डेन्सिटी कम हुन्छ । यसबाट तपाईमा अस्टीयोपोरोसिसको विकास उच्च जोखिममा पुग्छ ।

चकलेट

दिनहुँ चकलेट सेवन गर्नु खतरनाक आदत हो । अस्ट्रेलियामा गरिएको एक अध्ययन अनुसार दिनहुँ चकलेट सेवन गर्दा हड्डी कमजोर हुन्छ र भाँच्चिने सम्भावना बढी हुन्छ ।

सफ्ट ड्रिन्क्स

सफ्ट ड्रिन्क्स जस्तै सोडा, कोल्ड ड्रिंक आदिमा कार्बोनोटको मात्रा बढी हुन्छ । यसबाट हाम्रो स्वाथ्यमा नोक्सान पुग्छ । यस्ता ड्रिंक्सबाट हाम्रो लिवर खराब हुनुका साथै हड्डी पनि कमजोर हुन्छ । यस्तो ड्रिंकमा फस्फोरस पनि हुन्छ, जसले क्याल्शियम नष्ट गर्छ र हड्डीलाई भित्रबाट खोक्रो बनाउँछ ।

रक्सी

रक्सी बढी मात्रामा सेवन गर्दा हड्डीलाई नोक्सान हुन्छ । रक्सीको मात्रा शरीरमा बढी हुनु हानिकारक हुन्छ । यसबाट हड्डी कमजोर भई सजिलै भाँच्चिने हुन्छ ।

Share This: