Friday, January 24th, 2020
अनुहारको विभिन्न समस्याको लागि अण्डाको फेस प्याक

अनुहारको विभिन्न समस्याको लागि अण्डाको फेस प्याक

अण्डालाई सुपर फुड भनिन्छ । यो स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि वरदान हो । अनुहारमा अण्डाको प्रयोग गर्दा यसले अनुहारको सुन्दरतामा वृद्धि गर्नेछ । रूखो छाला देखि तैलिय छालाको समस्याका लागि अण्डा वरदान सरह हो । अण्डाले अनुहारका लागि अमृतको काम गर्छ ।

अनुहारको रंग निखार्छ

अनुहारको रङ्ग निखार्नका लागि एउटा अण्डाको सेतो भागमा १ चम्चा मह राम्रो सँग मिसाएर फेस प्याक बनाउनुहोस् र त्यो फेस प्याक अनुहारमा लगाएर पानीले अनुहार पखाल्नुहोस् । यसबाट अनुहार सफा हुनेछ ।

अनुहार नरम बनाउँछ

अनुहारको छाला नरम बनाई राख्नका लागि आधा पाकेको एवोकेडो, एउटा अण्डा, एक चम्चा दही, एक चम्चा बेकिङ्ग सोडा र एक चम्चा नरिवलको तेल लिई सबै सामाग्री राम्रोसँग मिसाउनुहोस् । यो प्याक अनुहारमा ५, १० मिनेटका लागि लगाउनुहोस् । सुकेपछि मनतातो पानीले अनुहार पखाल्नुहोस् । यस फेसप्याकले अनुहार नरम बनाउनेछ ।

कालो घेरा हटाउँछ

आँखा वरिपरिको कालो दाग हटाउनका लागि एउटा अण्डाको सेतो भाग, एक चम्चा गाजरको पेस्ट, एक चम्चा एलोवेरा मिसाएर फेस प्याक बनाउनुहोस् । त्यो फेस प्याक आँखाको तल्लो भागमा लगाउनुहोस् । फेस प्याक सुके पछि मनतातो पानीले पखाली मोइश्चराइजर लगाउनुहोस् । आँखा मुनिको कालो दाग हटाउन यो फेस प्याक उपयोगी हुन्छ ।

दाग धब्बा हटाउँछ

अनुहारको दाग धब्बा हटाउनका लागि एउटा अण्डामा एक चम्चा कागतको रस मिसाई अनुहारमा लगाउनुहोस् । हप्तामा एक पटक यो फेस प्याक प्रयोग गर्दा अनुहारको दाग धब्बा सबै हराउँदै जानेछ ।

ओइली छालाको लागि

अण्डालाई ओट मिल पाउडर सँग मिसाई फेस स्क्रब तयार गर्नुहोस् र यसले अनुहार मसाज गर्नहोस् । यो स्क्रब ओइली छालाका लागि निकै उपयोगी हुन्छ ।

एन्टी एजिङ्गको लागि

दुई चम्चा पाकेको भात, एक चम्चा पिसेको बदाम पाउडर,एउटा अण्डाको पहेँलो भाग, एक चम्चा कागतीको रस मिसाई फेस प्याक बनाउनुहोस् । यो फेस प्याकले एन्टी एजिङ्गको काम गर्छ । फेस प्याक सुकेपछि पानीले पखाल्नुहोस् । नियमित रूपमा यो फेस मास्कको प्रयोगले तपाईलाई बुढो हुन दिँदैन ।

नरम छालाका लागि

अण्डा, दूध र लौका मिसाई फेस प्याक बनाउनुहोस् । यो फेसप्याकले अनुहारको रङ्ग निखार्नुका साथै छालालाई नरम पनि बनाउँछ ।

अण्डाको फेस मास्क

सफा अनुहारमा अण्डाको सेतो भाग लगाई १० मिनेट पछि पखाल्नुहोस् । पखाले पछि आई क्रिम लगाउनुहोस् । प्रत्येक दिन यो उपाय अपनाउँदा मसिनो रेखा तथा चाउरी हराउनेछ ।

अण्डा र बेसनको फेस प्याक

अलिकति चनाको बेसन अण्डाको सेतो भागमा मिसाउनुहोस् । यसमा केही थोपा कागतीको रस पनि मिसाउनुहोस् र अनुहारमा लगाउनुहोस् । २० मिनेट पछि अनुहार पखाल्नुहोस् । यसबाट अनुहारको रङ्ग सफा हुनुका साथै चाउरी कम हुनेछ ।

अण्डा र दुधको फेस प्याकअण्डाको सेतो भाग, अलिकति दूध र गाजरको पेस्ट मिसाई फेस प्याक बनाउनुहोस् । उक्त फेसप्याकले एन्टी एजिङ्गको काम गर्नेछ ।

Share This: