Friday, January 24th, 2020
सोच (प्रेरक कथा)

सोच (प्रेरक कथा)

एउटा मानिस कतै जाँदै थियो । त्यसैबेला उसले सडकको किनारमा हात्तीलाई लस्करै बाँधेर राखेको देख्यो । उसले देख्यो कि हात्तीको एउटा खुट्टामा साङ्लीले बाँधेको थियो । त्यो देखेर उसलाई निकै अचम्म लाग्यो कि हात्ती जस्तो विशाल प्राणी जाँबो एउटा साङ्लीले गर्दा बन्धनमा परेको थियो । जबकी उनीहरुले चाहेको खण्डमा त्यो साङ्ली सजिलै तोडेर हिड्न सक्छन् तर हात्तीले त्यसो गरेको थिएन । उसले नजिकै उभिरहेको माहुतेलाई गएर सोध्यो । त्यसपछि माहुतेले भन्यो ‘यि हात्तीहरुलाई सानै देखि नै साङ्लीले बाँधिन्छ, त्यसबेला यिनीहरुमा त्यति बल हुँदैन र साङ्ली तोड्न सक्दैनन् । बारम्बार प्रयास गर्दा पनि तोड्न नसके पछि उनीहरुलाई बिस्तारै विश्वास हुँदै जान्छ कि साङ्ली तोड्न सकिदैन र ठूलो भएर पनि कहिल्यै साङ्ली तोड्ने प्रयास गर्दैनन् । हामी पनि हात्तीले जस्तै पहिलो पटक असफलताको मुख देखेपछि सफल हुन सकिदैन भन्ने विश्वास गरी प्रयास गर्न नै छोडी दिन्छौ । हामीले सँधै स्मरण गर्नुपर्छ कि असफलता जीवनको एउटा अंग हो । यदि हामी यस्तै कुनै बन्धन रुपी सोचमा जकडीएका छौ भने त्यसलाई तुरुन्त तोड्नु पर्छ ।

Share This: