Friday, January 24th, 2020
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– रुपन्देहीको सैनामैनामा आयोजित ‘मम्मी डान्स प्रतियोगिता’को ताज बुटबलकी कल्पना डुम्रे ज्ञवालीले जितेकी छन् । चौंथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औंद्योगिक ब्यापार महोत्सवमा भएको मम्मी डान्स प्रतियोगितामा १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै कल्पना प्रथम भएकी हुन् । विजेतालाई ताज, नगद २० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा रुद्रपुरकी अस्मिता थापा द्वितीय र बुटवलकी सोनी सेन्जाली तृतीय भएका छन् । उनीहरुले क्रमश नगद १५ हजार र १० हजारसहित प्रमाणपत्र प्राप्त गरे ।

– निर्देशक संजयलिला भन्सालीले निर्देशन गर्ने फिल्म ‘गंगुबाई’ मा अभिनेत्री आलिया भट्टले निकै चूनौतीपूर्ण भूमिका निभाउँदै छिन् । आलियाले फिल्ममा मुम्बई अन्डरवर्ल्डका महिला डनको भूमिका निभाउने छिन् ।जसले निर्माण अघि नै फिल्मको चर्चा चुलिएको छ । फिल्ममा प्रयोग हुने संगीतलाई लिएर पनि ुगंगुबाईु फेरि चर्चामा आएको छ। आलियाले फिल्ममा कुनै ‘डान्स’ प्रस्तुत नगर्ने बताइएको छ । फिल्मको गीतमा उनले लिप्सिङ पनि गर्ने छैनन् । फिल्ममा पार्श्व संगीत मात्रै प्रयोग हुनेछ ।

– बलिउड नायिका कृती सेनन नयाँ चलचित्र ‘मीमी’मा काम गर्दैछिन् । यो चलचित्रका लागि नायिकाले निकै नै मिहिनेत पनि गरिरहेकी छिन् । यो चलचित्रका लागि कृतीले आफ्नो तौल १५ केजी बढाउँदै छिन् । सरोगेसीको कथामा बन्न लागेको चलचित्रमा तौल बढाएपछि कृती कस्तो देखिने हुन्, यो भने उनका फ्यानका लागि कौतुहलताको बिषयमा रहनेछ । किनकी, कृती सेनन सधै नै फिट रहने नायिका हुन् ।

– ह्यासट्याग मि टुुको लहर अहिले बंगाली फिल्म जगतमा चल्न सुरु भएको छ । लोकप्रिय टेलिभिजन अभिनेत्री रुपन्जना मित्राले प्रसिद्ध बंगाली निर्माता अरिन्दम सीलको विरुद्धमा यौन उत्पीडनको आरोप लगाएकी छिन् । अभिनेत्री मित्राका अनुसार निर्माता अरिन्दमले लोकप्रिय सीरियल ‘भूमिकन्या’ को स्क्रिपट बारे जानकारी दिन आफ्नो कोलकत्ता अफिसमा बोलाएर उनले नराम्रो व्यवहार गरेको बताएकी छिन् ।

– बलिउड नायक वरुण धवन अहिले चलचित्र ‘स्ट्रिट डान्सर थ्रीडी’को प्रचार प्रसारमा व्यस्त छन् । उनी अभिनित चलचित्र ‘कुल्ली नम्बर १’ पनि पोष्ट प्रोडक्सनमा छ । यी दुई चलचित्र पाइपलाइनमै रहेको अवस्थामा बरुणको नयाँ चलचित्रको फस्टलुक रिलिज गरिएको छ । शशांक खैतानको निर्देशनमा बन्न लागेको चलचित्र ‘मिस्टर लेले’मा उनी मुख्य भूमिकामा देखिने भएका हुन् । सोमबार चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण घोषणा गरिएको हो । करण जोहरले निर्माण गर्ने यो चलचित्रका अन्य कलाकार भने खुलाइएको छैन् । सन् २०२० को मध्यतीर छायांकनमा जाने यो चलचित्रलाईसन् २०२१ को जनवरी १ मा रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ ।

– कोलम्बियाली मूलकी पपगायिका साकिराले यस वर्षको आफ्नो जन्मदिन खास रूपले मनाउने भएकी छिन्। आगामी फेबु्रअरीमा २ मा ४३औं जन्मदिन मनाउने साकिरा फ्लोरिडाको मियामीस्थित हार्ड रक स्टेडियम सुपर बाउल हाफटाइम सोमा प्रस्तुति दिँदैछिन्। सुपर बाउल हाफटाइम सोमा प्रस्तुति दिनु साकिराको बाल्यकालको सपना थियो। उनीसँगै अमेरिकी नायिका जेनिफर लोपेजले समेत स्टेज तताउने भएकी छन्।

– बलिउड स्टार अजय देवगनको ‘तानाजी द अनसंग वारियर’ यो वर्षको पहिलो ब्लक बस्टर फिल्म बन्न सक्ने अनुमान गरिएको छ । पहिलो दिन १५ करोड (भारु) बक्स अफिस कलेक्सनपछि दोस्रो दिन फिल्मले आफ्नो स्थान बनाएको हो । फिल्मले दोस्रो दिन शनिबार २०.५७ करोडको (भारु) कलेक्शन गरेको छ । फिल्मले दुई दिनमा ३५.६७ करोडको कारोबार गर्न सफल भएको हो ।

Share This: