Friday, January 24th, 2020
विदेशमा आज

विदेशमा आज

– पाकिस्तानको लाहोर हाइकोर्टले पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाउने विशेष गैरकानुनी भन्दै अदालत भंग गरेको छ । यससँगै मुसर्रफलाई सुनाइएको मृत्युदण्डको सजाय रद्द भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अदालतको पूर्ण इजलासले सोमबार मुसर्रफको निवेदनमाथि बहस गर्दै यो फैसला सुनाएको हो । मुसर्रफले अदालतको फैसलालाई चुनौती दिँदै निवेदन दिएका थिए ।

– ब्रिटेनकी महारानी एलिजाबेथले ड्युक र डचिस अफ ससिक्स पूर्ण रूपमा शाही भूमिकामा रहून् भन्ने चाहे पनि उनीहरूको निर्णयमा समर्थन रहेको बताएकी छन्। भावी भूमिकासम्बन्धी टुङ्गोमा पुग्नुअघि ड्युक र डचिस अफ ससिक्सलाई ुकेही समयु दिनेबारे महारानी सहमत भएकी छन् जुन समयमा यी दम्पती क्यानडा तथा यूकेमा बस्नेछन्। महारानी एलिजाबेथले नयाँ भूमिकासम्बन्धी उनीहरूको चाहनाप्रति आफ्नो ुपूर्ण रूपमाु समर्थन रहेको बताइन्।

– अस्ट्रेलियामा ठूलो डढेलोको धुवाँ पृथ्वीमा एक फन्को घुमेर छिट्टै अस्ट्रेलिया नै पुग्ने नासाले बताएको छ। महिनौँदेखि अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा डढेलो लागेको छ र त्यसको धुवाँ प्रशान्त महासागरतर्फ बढेको जनाएको छ। नासाका अनुसार नयाँ वर्षको पहिलो दिनको धुवाँ अहिले उत्तर अमेरिका पार भएको र जनावरी ८ सम्म पृथ्वी आधा घुमेको नासाको भनाइ छ। उक्त धुवाँले पृथ्वीको कम्तीमा एक फन्को लगाउने अपेक्षा गरिएको अमेरिकी अन्तरिक्ष संस्थाले बताएको छ।

– उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन अनन्तले ओमानका सुल्तान काबुस विन अल सइदको निधनप्रति समवेदना प्रकट गरेका छन्।मन्त्री पुनले नेपालका तर्फबाट ओमानको सरकार तथा त्यहाँका जनताप्रति समवेदना प्रकट गर्नु गरेका हुन्। अन्तर्राष्ट्रिय नवीरकणीय उर्जासंघ (आइरिना) ओ १० औं साधारणसभामा सहभागी हुन यूएइको अबुधाबी पुगेका मन्त्री त्यहीबाट ओमानको राजधानी मस्कट पुगेर समवेदना प्रकट गरेका हुन्।

– पाकिस्तानमा हिमपात र भीषण वर्षाले २५ जनाको मृत्यु भएको छ। सबैभन्दा ठूलो राज्य बलुचिस्तानमा अत्यधिक हिमपात हुँदा १४ जनाको मृत्यु भएको छ। खराब मौसमका कारण सडक र हवाई मार्ग पनि प्रभावित भएका छन्। हाल बलुचिस्तानसँग कुनै पनि माध्यमबाट सम्पर्क हुन नसकेको अधिकारीले जनाएका छन्।

– अष्ट्रेलियामा आगलागीबाटको क्रममा भोकै भएका पशुपंक्षिका लागि हेलिकप्टरबाट हजारौं केजी खाद्यान्न वितरण गरिएको छ । न्यु साउथ वेल्स क्षेत्रका पशुपंक्षिलाई ठूलो मात्रामा गाजर लगायत फलफूल वितरण गरेको थियो । जहाँ गत साता आगलागीका कारण करोडौं पशुपंक्षिको मृत्यु भएको थियो । आगलागी प्रभावित जनावरहरुका लागि न्यु साउथ वेल्स राष्ट्रिय निकुन्ज र वन्यजन्तु आरक्षण केन्द्रले खाद्यान्न तथा फलफूल वितरण गरेको हो ।

– कतारी अमिर शेख तमिम बिन हमाद अल थानीले मध्यपूर्वमा बढ्दो तनावको एउटै समाधान अमेरिका र इरानबीच संवाद र द्वन्द्व न्युनिकरण मात्रै भएको औंल्याएका छन् । शान्ति स्थापनाका लागि पहल लिन शेख थानी आइतबार नै इरान प्रस्थान गरेका छन् । जहाँ उनले इरानी राष्ट्रपति हसन रौहनी र अन्य उच्च अधिकारीसँग भेटवार्ता गरिसकेका छन् । अमेरिकी फौजको आक्रमणमा इरानी कमाण्डर कुसाम सुलेमानी मारिएपछि इरान र अमेरिकाबीच द्वन्द्व तिब्र भएको छ ।

– जेएनयूभित्र पसेर आक्रमण गर्ने नकावधारी समूहमध्ये केही महिलाको पहिचान प्रहरीले गरेको छ । इन्डिया टूडेको भिडिओ फुटेजमा देखिएकी युवतीलाई प्रहरीले पहिचान गरेको हो । गत जनवरी ५ मा जवाहरलाल नेहरु विश्वविद्यालयमा पसेर एक समूहले विद्यार्थी र शिक्षकमाथि कुटपिट गरेको थियो । युवती दिल्ली युनिभर्सिटीकी विद्यार्थी भएको प्रहरीले खुलाएको हो । तर उनको नाम भने प्रहरीले खुलाएको छैन । उनीमाथि तत्काल थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

– ताइवानकी राष्ट्रपतिमा साई इङ वेन पुनः विजयी भएपछि अमेरिकाले बधाई दिएकोमा चीनले आपत्ति प्रकट गरेको छ। उनी अहिलेसम्मकै सर्वाधिक मत ल्याएर शनिवार राष्ट्रपतिमा पुनः विजयी भएकी हुन्। साईले निर्वाचनका क्रममा चिनियाँ हस्तक्षेपको विरुद्ध आफूलाई मत दिन आग्रह गरेकी थिइन्। उनले अधिनायकवादका विरुद्ध उदार लोकतान्त्रिक मूल्यको हितमा आफू रहेको भन्दै चुनावमा सहभागी भएकी थिइन्।

Share This: