Friday, January 24th, 2020
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ । दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट मंगलबार राति निवास फर्कने क्रममा भट्टराईले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो । जसमा भट्टराई गम्भीर घाइते भएका थिए । लगत्तै उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यही उनको निधन भएको हो ।

– शुक्रबारबाट प्रदर्शनमा आएको दीपिका पादुकोणको ‘छपाक’लाई सोही दिन प्रदर्शनमा आएको अजय देवगनको ‘तान्हाजी’ले बक्स अफिसमा पछारेको छ। दुई दिनमा दुवै फिल्मले राम्रो ओपनिङ गरे पनि कलेक्सनका हिसाबले भने तान्हाजीले छपाकलाई उछिनेको हो। धेरै सो पाएकाले अजयको तान्हाजीले दीपिकाको छपाकभन्दा तीन गुना बढी कलेक्सन गरेको हो। दीपिकाको छपाकले रिलिजको दिन चार करोड ७७ लाख भारु र अजयको तान्हाजीले ६ करोड ९० लाख भारु कलेक्सन गरेको थियो।

– नायिका दीपिका पादुकोण दिल्लीको जहवारलाल नेहरु विश्वविद्यालयका विद्यार्थीलाई भेट्न पुगेकी थिइन् । योसँगै उनी विवादमा तानिइन् र उनको चलचित्र बहिष्कारको अभियान समेत चल्यो । यसैविच, योग गुरु रामदेवले नायिका पादुकोणलाई नयाँ सल्लाहा दिएका छन् । उनले दीपिकाले राजनीतिक र सामाजिक बिषयमा कुनै ठूलो निर्णय लिनु अगाडि वुझ्न जरुरी रहेको र आफू जस्ता व्यक्तिलाई सल्लाहाकारको रुपमा राख्न जरुरी भएको बताएका छन् । रामदेवले चलचित्रमा अभिनय गर्नु र राजनीतिक बिषयमा अगाडि सर्नु फरक कुरा हुन् । दीपिकाले पहिला सामाजिक, राजनीतिक र सांकृतिक बिषयमा वुझ्न आवश्यक र देशको राजनीतिक अवस्थालाई नियाल्न जरुरी रहेको बताए ।

– गायिका मेलिना राईको स्वर रहेको ‘चमेली’ बोलको गीत सार्वजनिक भएको छ। लोकपप शैलीमा तयार भएको गीत आकर्षक म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो। भिडियोमा पूजन र वरुणको अभिनय रहेको छ। गीतको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशक गरेका हुन्।

– नायिका रेखा थापाले चलचित्र क्षेत्रमा आउँदै गरेका पुरुष कलाकार आर्थिक रुपमा शोषित भएको बताएकी छिन् । काठमाण्डौमा आयोजना भएको संचारकर्मी डीबी खड्काको पुस्तक ‘नियत’को विमोचन समारोहमा बोल्दै रेखाले महिला यौन हिंसामा परेका होलान् । तर, पुरुष पनि यो क्षेत्रमा पीडित भएको बताएकी छिन् । चलचित्र क्षेत्रमा आउँदै गरेका पुरुषहरु आर्थिक रुपमा शोषित भएको रेखाले बताएकी छिन् ।

– तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को रिमेक नेपाली भर्सनमा बन्ने भएको छ । यूवा फिल्मस्ले यो चलचित्रको राइट्स खरिद गरेको हो । तेलुगु हिट चलचित्र युवा फिल्मस् मार्फत नेपाली भर्सनमा बन्ने जानकारी युवा फिल्मस्का केशव खड्का र आशिष श्रेष्ठले दिएका छन् । ‘अर्जुन रेड्डी’को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्मस्को तर्फबाट केशव खड्काले अमेरिकामा अधिकारी खरिद विक्रीको संझौता गरेका हुन् ।

– यो वर्षको ओस्कार पुरस्कारको लागि मनोनयन सार्वजनिक भएको छ । फिल्म जोकर सबैभन्दा धेरै ११ वटा विधामा मनोनयनमा परेको छ । जोकर उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेता लगायत अन्य आठ वटा विधामा मनोनयनमा परेको छ । द आयरिशम्यान, १९१७ र वन्स अपन अ टाइम इन हलिउड चाहिँ १०–१० वटा विधामा मनोनित भएका छन् । बेलायतकी सिन्थिया एरिवो, एन्थनी हप्किन्स, जोनाथन प्राइस, फ्लोरेन्स प्यु सबै अभिनय अवार्ड्सका लागि मनोनित भएका छन् ।

Share This: