Friday, January 24th, 2020
सकारात्मक ज्ञानमञ्च

सकारात्मक ज्ञानमञ्च

१.  एक अध्ययन अनुसार बिहान सुरु भएको भाइरस १० गुणा बढी खतरनाक हुन सक्छ ।

२. जापानका सम्राट्ले राजनीतिमा भाग लिन पाउँदैनन् ।

३. क्यानडामा लगभग ५० प्रतिशत मानिसको मृत्यु धूम्रपान, खराब खाना, शारीरिक निष्क्रियता र रक्सीको लतका कारण हुन्छ ।

४. एक अध्ययन अनुसार २० वर्षको पुगुन्जेल सम्ममा एउटा अमेरिकीले ४२००० वटा शब्द जान्दछ ।

५. बढी लजाउने व्यक्ति दयालु र विश्वासिलो हुन्छन् ।

६. भियतनाममा सबै भन्दा लामो गुफा छ । यो यति लामो छ कि यसमा एउटा नदी, जङ्गल र वातावरण पनि छ ।

७. हल्का रङ्गको आँखा हुने व्यक्तिहरू योजना बनाउन खप्पिस हुन्छन् भने गाढा रङ्गको आँखा हुने व्यक्तिहरू खेल्नमा खप्पिस हुन्छन् ।

८. यदि फुललाई सङ्गीत सुनायो भने छिटो बढ्छ ।

९. ब्रिटेनमा सन् १८११ मा हरेक चार मध्ये एक महिलाको नाम मेरी थियो ।

१०. उत्तर कोरिया र क्युबामा कोका कोला बेच्न मनाही छ ।

११. एचपी प्रिन्टरको कालो मसी रगत भन्दा महँगो हुन्छ ।

१२. पृथ्वीमा ९५ प्रतिशत पानीको हाल सम्म खोजी गरिएको छैन ।

१३. स्वतन्त्र हुनु मानवको अधिकार हो । त्यसैले जर्मनीमा जेलबाट भाग्नेलाई कुनै सजाय हुँदैन ।

१४. मोबाइल फोनको रेडिएशन पनि निद्रा नलाग्ने र टाउको दुख्ने एउटा कारण हो ।

१५. जब तपाई सँग मोबाइल फोन हुँदैन । यस डरलाई नोमोफोबिया भनिन्छ ।

१६. दुई वटा केरामा यति ऊर्जा हुन्छ कि यो खाएर ९० मिनेट सम्म व्यायाम गर्न सकिन्छ ।

१७. पहेँलो दाँत बढी बलियो हुन्छ ।

Share This: