Tuesday, February 25th, 2020
आर्थिक/बिजनेश

आर्थिक/बिजनेश

– सरकारले छ वर्षपछि वाणिज्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने उद्योगी व्यवसायीलाई महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) बाट सम्मान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट मंगलबार २५ उद्योग तथा व्यावसायिक प्रतिष्ठानका लगानीकर्ता सम्मानित भएका हुन् ।

– व्यवसायीले कुखुरा मासुको मूल्य घटाउन थालेका छन् । अस्वाभाविक रूपमा मूल्य बढाएको भन्दै आलोचना भएपछि व्यवसायीले न्यून मात्रामा मूल्य घटाएका हुन् । व्यवसायीले भने मासुको माग नभएका कारण मूल्य घटाइएको दाबी गरेका छन् । ‘माघ २२ मा कुखुरा मासुको मूल्य प्रतिकिलो ३९० रुपैयाँ तोकिएकोमा मंगलबार ३६० रुपैयाँ निर्धारण गरिएको थियो ।

– सेयर ब्रोकरबीच मर्जर तथा एक्विजिसन (प्राप्ति) का लागि बाटो खुलेको छ । धितोपत्र बोर्डले धितोपत्र व्यवसायीसम्बन्धी नियमावली परिमार्जन गरी यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र बिमा समितिले बिमा कम्पनीलाई मर्जर तथा एक्विजिसनमा प्रोत्साहन गरिरहेका बेला अर्को नियामक निकाय बोर्डले पनि सोही व्यवस्था पछ्याएको हो ।

– अब स्थानीय तहका प्रशासकीय भवन एउटै मापदण्डअनुसार बनाउनुपर्ने भएको छ । यसका लागि सरकारले स्थानीय तहअन्तर्गत बन्ने प्रशासकीय भवन एउटै मापदण्डका हुनुपर्ने गरी स्थानीय तहको प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रम सञ्चालन कार्यविधि ल्याएको छ । यसअनुसार गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकामा एउटै मापदण्डका भवन बन्नुपर्नेछ । ०७६ माघ २० देखि कार्यविधि लागू भइसकेको छ ।

– आन्तरिक राजस्व विभागले विद्युतीय माध्यमबाट भुक्तानी गर्दा उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम बैंक खातामा फिर्ता गर्ने व्यवस्था सुरुवात गरेको छ । विभागले मंगलबार काठमाडौंमा कार्यक्रम आयोजना गरी बायोमेट्रिक दर्ता र विद्युतीय माध्यमबाट भुक्तानी गर्ने प्रणालीको सुरुवात गरेको हो ।

– विद्युतको महसुल पनि सिजनल (मौसमी) रुपमा तोक्ने अभ्यास सुरू भएको छ । प्राधिकरणले हालै विद्युत निययन आयोगमा नयाँ महसुल दरको प्रस्ताव गरेको छ, जसमा टाइम अफ दि डे (टीओडी) मिटर जडान गर्ने ग्राहकलाई सिजनल मूल्य तोक्न प्रस्ताव गरिएको छ । साधारण घरेलु ग्राहकले भने यस्तो सुविधा पाने छैनन् । सरकारले हिउँदमा भन्दा वर्षामा विजुलीको मूल्य सस्तो हुने गरी स्मार्ट मिटर (थ्रीफेज) जोडेकाहरुलाई यस्तो सुविधा दिन प्रस्ताव गरेको हो ।

– ओखलढुंगा जिल्लाबाट वैदेशिक रोजगारीमा जाने अधिकांश कामदार अदक्ष रहेको पाइएको छ। रोजगारमा जानेमध्य १ प्रतिशत मात्रै दक्ष रहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ। विदेशिने प्रायः सबै अदक्ष कामदारका रूपमा श्रम गन्तव्य मुलुक पुग्ने गरेका छन्। चालु आर्थिक वर्ष जिल्लाबाट तालिम लिएर जानेमा एक जना मात्रै रहेको ओखलढुंगा आप्रवासी सूचना कक्षले जनाएको छ।

– सरकारले निजीकरण भएका १२ संस्थानको अवस्थाबारे मूल्यांकन गर्ने भएको छ। अर्थ मन्त्रालयले बेलयाती सहयोग नियोग (डीएफआईडी) मार्फत मूल्यांकन गर्न लागेको हो। डीएफआईडीले संस्थानको निजीकरणमा अर्थ मन्त्रालय अन्तर्गतको निजीकरण एकाइलाई सहयोग पुर्याउँदै आएको छ।

– जडीबुटीजन्य वस्तु उत्पादन तथा निर्यात गर्ने उद्योग डाबर नेपाल प्राइभेट लिमिटेडलाई नेपाल सरकारले सबैभन्दा ठूलो निर्यातकर्ता उद्योगको रूपमा सम्मान गरेको छ। मंगलबार सरकारको तर्फबाट डाबर नेपाललाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) को सम्मान गरिएको हो। उद्योग, व्यापार र निर्यातका क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै डाबर नेपालसहित २५ उद्योगी र व्यवसायी पनि सम्मानित भए।

– बुधबार मलेसियन रिंगिट, कोरियन वन र बहराइन दिनारको भाउ बढेको छ । अमेरिकी डलरसहित साउदी र कतारी रियालका साथै यूएई दिर्हामको भाउ भने मंगलबारकै मूल्यमा किनबेच गर्न सकिन्छ । नेपाल राष्ट्र बैंकले बुधबार अमेरिकी डरल एककोे खरिददर ११३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३६ पैसा तोकेको छ ।

– प्रणय दिवसको अवसरमा फूलको कारोबार बढ्ने अनुमान गरिए पनि यो वर्ष कारोबार सन्तोषजनक नरहेको व्यवसायीले बताएका छन् । गएको वर्ष डेढ करोड रुपैयाँ बराबरका एक लाख ६० हजार गुलाब बिक्री भएको थियो । यो वर्ष भने झण्डै डेढ लाख फूलको कारोबार हुने देखिएको छ । यो वर्ष विदेशबाट फूल आयातको दर पनि घटेको छ ।

Share This: