Tuesday, February 25th, 2020
खेलकुद

खेलकुद

– लेजेण्ड्री क्रिकेट प्रशिक्षक डेभ वाटमोर सिंगापुरको नयाँ प्रशिक्षक बनेका छन् । सिंगापुर क्रिकेट एसोसिएसनले वाटमोरलाई यही फेब्रुअरी अन्तिमबाट थाइल्याण्डमा हुने एसीसी इस्टर्न रिजन टी २० क्रिकेटका लागि प्रशिक्षक चयन गरेको जनाएको छ । वाटमोरले यसअघि नेपाल आएर पनि प्रशिक्षण दिएका थिए ।

– पोखरामा जारी आईटीएफ जुनियर विश्व वरीयता टुर टेनिस प्रतियोगितामा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन्। बिहीबार सम्पन्न खेलमा सफलता हात पार्दै नेपाली खेलाडी प्रेरणा कोइराला र अभिलाषा विष्ट सेमिफाइनलमा प्रवेश गरेका छन्। प्रेरणा र अभिलाषाले अब फाइनल प्रवेशका लागि क्रमशः भारतीय र सिंगापुरका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन्।

– जुमानु राईको ह्याट्रिक सहयोगमा विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सुखद अन्त्य गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा पुलिसले फ्रेन्ड्स क्लबलाई ३–० गोलले हरायो।

– आशिष लामाले यस सिजनको नवौं गोल गर्दा विभागीय टोली एपीएफले ब्रिगेड ब्वाइजसँग बराबरी खेल्दै १२औं स्थानमा लिग सकाएको छ । शहीद स्मारक ए डिभिजन लिग २०७६ अन्तर्गत बिहीबार भएको खेलमा एपीएफले अन्तिम सममया गोल खाँदा ब्रिगेडसँग १-१ को बराबरी खेलेको हो ।

– सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन बिहीबार धनबहादुर थापाले ३६ होल टुंगिँदा २ अन्डर १३६ कार्डसहित शीर्षस्थानमा उक्लिएका छन् । पहिलो दिन लेभल पार खेल्दै गतिलो सुरुआत गरेका आर्मीका गल्फर धनले शिवराम श्रेष्ठमाथि चार स्ट्रोकको अग्रता बनाए ।

– कर्पोरेट क्रिकेटमा उत्कृष्ट खेलाडीले पहिलो पटक मोटरसाइकल पाउने भएका छन् । एसएस इभेन्ट्सको आयोजनामा हुने माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिताको म्यान अफ द सिरिजलाई यामाहाको मोटरसाइकल दिन लागिएको हो ।

– साविक उपविजेता संकटा क्लबले यस सिजन शहीद स्मारक लिगमा सोही अनुसारको प्रदर्शन दोहोर्याउन सकेन । सिजनको आफ्नो अन्तिम खेलमा सरस्वती युथ क्लबलाई ६–२ ले पारजित गर्दै संकटाले शहीद स्मारक ए डिभिजन लिग २०७६ मा सुदख अन्त्य गरेपनि सातौं स्थान भन्दा माथि पुग्न सकेन। बिहीबारको जितपछि १३ खेलबाट १८ अंक जोड्दै संकटा सातौंमा उक्लेको छ।

– स्ट्राइकर विमल घर्तीमगरले सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेल खेल्ने भएका छन् । विमलले मच्छिन्द्रबाट नेपाल आर्मी क्लबविरुद्ध खेल्ने भएका हुन् । प्रशिक्षक प्रवेश कटुवालले शुक्रबार पत्रकार सम्मेलन गरी विमलले आर्मीविरुद्ध खेल्ने जानकारी दिएका हुन् ।

– ए डिभिजन लिगको शुक्रबार भएको १३ औं चरणको पहिलो खेलमा हिमालयन क्लबले न्युरोड क्लब पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्लेक्समा भएको खेलमा हिमालयनले २–१ को जित निकालेको हो।

– सहिद स्मारक ए डिभिजन लिगको उपाधिका लागि शनिबार विराज महर्जनको कप्तानीमा रहेको मच्छिन्द्र क्लब र भरत खवासको कप्तानीमा रहेको त्रिभुवन आर्मी क्लब भिड्दैछन् । लिगको अन्तिम खेल शनिबार दिउँसो साढे १ बजे दशरथ रंगशालामा हुनेछ ।

Share This: