Saturday, February 22nd, 2020
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले फागुणको १५ गते बिहे गर्न लागेको चर्चा चलिरहेको छ । तर, यो जोडीले आज आफ्नो बिहेको मिति सार्वजनिक गर्ने बताएको छ । यसैविच, प्रियंका र आयुष्मान बिहेपछि छुट्टै घरमा बस्ने तयारीमा लागेका छन् । यसैले पनि यी दुइले भैसेपाटीमा नयाँ घर किनेका छन् । नायिका प्रियंका कार्कीले आफूहरुले नयाँ घर किनेको र अहिले घरको सजावटमा व्यस्त भएको बताएकी छिन् । नायिका कार्कीले घर सेटअप गर्नका लागि निकै नै गाह्रो रहेको बताउँदै आफूलाई आफ्नो परिवारले साथ दिएको उल्लेख गरेकी छिन् ।

– कान्तिपुर फिल्म एकेडेमीको इटहरी शाखाको उद्घाटन गरिएको छ । चलचित्रका विभिन्न विधामा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि कान्तिपुर फिल्म एकेडेमीको शाखा इटहरीमा खुल्दा फाइदा मिल्ने पक्का छ । कलाकार हरिवंश आचार्यले शाखाको उद्घाटन गरे । पहिलो चरणमा कान्तिपुर फिल्म एकेडेमीको इटहरी शाखामा फिल्म मेकिङ, भिडियो सम्पादन, फोटोग्राफीको १ महिने कक्षा फागुण ४ गतेबाट सुरु हुँदैछ । कान्तिपुर फिल्म एकेडेमीको मुख्य कार्यलय काठमाण्डौमा छ ।

– नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको जोडीलाई दर्शकले रुचाइरहेका छन् । यी दुइले अभिनय गरेको चलचित्र ‘रामकहानी र पोई पर्यो काले’मात्र रिलिज भएका छन् । चलचित्र ‘सम्हालिन्छ कहिले मन’को रिलिज मिति आउँदो बर्षको तीजलाई तय गरिएको छ । यसैविच, अब पूजा र आकाश अभिनित अर्को चलचित्र ‘संझना विर्सना’को पनि प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र आउँदो बर्षको जेठ २ गतेबाट रिलिज हुने भएको छ । निमेष प्रधानको निर्देशनमा तयार भएको यो चलचित्रको फस्टलुकमा आकाश र पूजालाई स्थान दिइएको छ ।

– सौरभ चौधरीको निर्देशनमा तयार भएको चलचित्र ‘लभ डायरीज’ आजबाट नेपालभरका हलमा रिलिज भएको छ । बारम्बार प्रदर्शन मिति सरेपनि अन्तत यो चलचित्र प्रेम दिवसको अवसर पारेर रिलिज गरिएको हो । चलचित्र ‘लभ डायरीज’मा नायक सुशिल श्रेष्ठ र नायिका रुविना थापाको मुख्य भूमिका छ । त्रिकोणात्मक प्रेमकथामा तयार भएको यो चलचित्र सुशिल र रुविनाको करिअरका लागि पनि महत्वपूर्ण छ ।

– चर्चित लोकगायक पशुपति शर्माले ‘लुट्न सके लुट’ भाग(२ गीत ल्याएका छन् । जता नी चोर।।।बोलको शर्माको गीत बिहीबार मात्रै युट्युबमा सार्वजनिक भएको हो । उनले यसअघि ल्याएको ुलुट्न सके लुटु गीतका केही दृश्य र शब्दका कारण विवादति बनेको थियो । जता नी चोर गीतको रचना संगीत पनि गायक शर्मा आफैंले गरेका हुन् । एरेन्ज केशब बडुले गरेका छन् ।

– इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल २०२०’ नेपालको प्रतिनिधित्व अनुश्मा रायमाझीले गर्ने भएकी छन्। मिस इकोका लागि अधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले एक कार्यक्रमबीच प्रतियोगी सार्वजनिक गरेको हो। कार्यक्रममा रायमाझीलाई ‘मिस इको इन्टरनेसनल नेपाल २०२०’को क्राउन गत वर्षकी विजेता मुना गौचनले ताज लगाइदिएकी थिइन्।

– नायिका महिमा सिलवालको दुर्घटनामा ज्यान गएको छ। बुधबार साँझ करिब ६ बजे भैरहवाबाट काठमाडौं जाँदै गरेको बस र काठमाडाबाट चितवनतर्फ जाँदै गरेको स्कुटी एम आपसमा ठोक्किदाँ उनको ज्यान गएको हो। गजुरी(२ चाम्बास भन्ने ठाउँको घुम्तीमा बस र स्कुटी एक आपसमा जुधेको थियो। कारवाही, चलचित्रबाट डेब्यु गरेकी सिलवालले अप्रिल फुलु, चिर्यस, दानव, जिग्लोलगायत चलचित्रमा काम गरेकी थिइन्।

– लिम्बू फिल्म तथा म्युजिक भिडियोको ‘एफएलएफ अवार्ड २०७६’ राजधानीमा सम्पन्न भएको छ। लिम्बू भाषा, संस्कृतिमा बनेका फिल्म र म्युजिक भिडियोको अवार्ड कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल थिए। अवार्डमा सातवटा लिम्बू फिल्म र २० वटा म्युजिक भिडियो सहभागी थिए। लिम्बू फिल्मबाट अवार्ड पाउनेमा निर्देशक सागर केरुङ, नायक भीम तुम्बाहम्फे, नायिका पुष्पा लिम्बू, गायक मणि ताम्लिङ, गायिका श्रेयसी चेम्जोङ, संगीत कुल्बा सुब्बा, कथा सागर केरुङ, छायांकन भूपेन्द्र तुम्बाहम्फे थिए।

Share This: