Tuesday, February 25th, 2020
लामो जीवन जिउने सरल उपाय

लामो जीवन जिउने सरल उपाय

लामो र स्वस्थ जीवन जिउनु हरेक व्यक्तिको चाहना हुन्छ । हिजोआजको प्रदूषण, अस्वस्थ जीवनशैली र खराब खानपानका कारण हाम्रो आयु हाम्रो पुर्खाको भन्दा घट्दै गई रहेको छ । आजको समयमा हामी आफै आफ्नो शत्रु बनेका छौ । यदि हामीले हाम्रो खानपान, जीवनशैली र आफ्ना आदतहरूमा सुधार ग¥यौ भने हामी पनि लामो आयु प्राप्त गर्न सक्छौ । यसका लागि निम्न कुराहरुमा ध्यान दिनुहोस् ।

जंक फुडबाट टाढा बस्नुहोस्

फास्ट फुड वा जङ्क फुड खादा कोलेस्ट्रोल बढ्छ साथै मोटोपनमा वृद्धि भई विभिन्न समस्याहरू देखा पर्छ । यदि तपाई लामो जीवन चाहनु हुन्छ भने यस्ता कुराहरूबाट टाढा बस्नुहोस् ।

आवश्यकता भन्दा बढी नखानुहोस्

आवश्यकता भन्दा बढी खादा पनि विभिन्न शारीरिक समस्याहरूको सामना गर्नुपर्ने हुन्छ । आवश्यकता भन्दा धेरै खादा मोटोपन बढ्छ । एक अध्ययन अनुसार कम खाना खाने व्यक्ति बढी खाने व्यक्तिको तुलनामा बढी बाच्छन् ।

व्यायाम गर्नुहोस्

दिनहुँ १५ मिनेट व्यायाम गर्दा ५ वर्ष आयुमा वृद्धि गर्न सकिन्छ । शारीरिक सक्रियताले हामीलाई स्वस्थ रहन मद्दत गर्छ ।

मासु कम सेवन गर्नुहोस्

मासु सेवन गर्दा हार्ट एट्याकको खतरा बढ्छ । त्यसैले मासु सेवन कम मात्रामा गर्नुपर्छ ।

मेडिटेशन र योगा गर्नुहोस्

मेडिटेशन गर्दा दिमाग शान्त रहन्छ । यसबाट ऊर्जामा वृद्धि हुन्छ । मेडिटेशनले दिमागको शक्ति कैयौँ गुणा वृद्धि गर्छ । यसका साथै योगा गर्दा पनि स्वास्थ्य लाभ हुन्छ र लामो जीवन प्राप्त हुन्छ ।

मस्त निदाउनुहोस्

राम्रो निन्द्राले स्वस्थ रहन मद्दत गर्छ । कम वा बढी सुत्नु दुवैले दिमागमा नराम्रो प्रभाव पार्छ । कम्तीमा ८ घण्टा मस्त निदाउनु स्वास्थ्यका लागि उत्तम मानिन्छ ।

नरिसाउनु होस्

धेरै रिसाउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ । मानिसहरूलाई माया गर्न, इज्जत गर्न सिक्नुहोस् । यसबाट विभिन्न दुःखहरूबाट मुक्ति मिल्छ र लामो जीवन जीउन मद्धत गर्छ ।

धूम्रपान तथा मद्यपान त्याग्नुहोस्

सिगरेट पिउँदा तपाईको जीवनको ५ मिनेट कम हुन्छ । त्यसै गरी रक्सी सेवनले लिवर खराब हुन्छ साथै खैनी, गुट्का, पराग जस्ता कुराको सेवनले क्यान्सरलाई निम्तो दिन्छ । त्यसैले यदि लामो जीवन चाहनुहुन्छ भने यस्ता कुराबाट पर बस्नुहोस् ।

सरसफाइमा ध्यान दिनुहोस्

सरसफाइ स्वास्थ्य रहनका लागि अत्यन्त आवश्यक हुन्छ । त्यसैले मुख देखि सम्पूर्ण शरीरको सरसफाइमा ध्यान दिनुहोस् साथै वरिपरिको वातावरण पनि सफा राख्नुहोस् ।

स्वस्थ खानपान

बिहान सके सम्म खाने प्रयास गर्नुहोस् । यसबाट शरीरको इम्युनिटी बढ्छ । सके सम्म फलफुल, हरियो सागसब्जी, प्रोटिन युक्त चिल्लो रहित खाना खानुहोस् । यसबाहेक ड्राई फ्रुट सेवन गर्नु पनि स्वास्थ्यवद्र्धक हुन्छ । यसबाट शरीर स्वस्थ रहनुका साथै दिमाग तेजिलो हुन्छ ।

खुसी रहनुहोस्

अध्ययन अनुसार धेरै दुःखी हुँदा चाँडै मृत्यु हुने सम्भावना बढ्छ ,त्यसै गरी खुसी रहने व्यक्तिको जीवन लामो हुन्छ । त्यसैले तनाव रहित रही खुसी रहने प्रयास गर्नुहोस् । परिवार तथा साथी भाइसँग क्वालिटी टाइम बिताउनुहोस् ।

Share This: