Wednesday, April 8th, 2020
खेलकुद

खेलकुद

– कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमणको कारण इंग्ल्याण्डको प्रिमियर लिग अप्रिल ३० सम्मको लागि स्थगित भएको छ । यसअघि अप्रिल पहिलो सातासम्मको लागि प्रिमियर लिग रोकिएको थियो । तर कोरोनाको प्रभाव झन् बढ्न थालेपछि इंग्ल्याण्डको फुटबल एसोसिएसनले अप्रिल अन्तिमसम्मलाई नै लिग स्थगित गरेको हो ।

– फियोरेन्टिनाका मालिक रोका कोसिसोले आफ्नो क्लबका १० खेलाडी कोरोना भाइरसबाट संक्रमित भएको बिहीबार पुष्टि गरेका छन् । उनका अनुसार त्यसमध्ये तीन खेलाडी अस्पतालमा भर्ना भएका छन् । संक्रमित हुने खेलाडीमा इटालीका फरवार्ड प्याट्रिक कोट्रोन, अर्जेन्टिनाका जर्मन पजेला र सर्बियाका फरवार्ड डुसान भ्लाहिभिच छन् ।

– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले नामिबियामा खेल्ने शृंखलाकोे अन्योल देखिएको छ। आईसीसीले यही चैत १९ देखि २६ गेतसम्म लिग–२ अन्तर्गतको पाँचौं चरणको अमेरिका, संयुक्त अरब इमिरेटस् (युएई) र स्कटल्यान्डबीचको शृंखला रद्द गरेपछि नेपालले खेल्ने छैटौं चरणको नामिबियाविरुद्धको शृंखला भने अन्योलमा परेको हो।

– भारतीय टेस्ट क्रिकेट टिमका ब्याट्सम्यान चेतेश्वर पुजाराले आफ्नो स्ट्राइक रेटलाई लिएर मुख खोलेका छन् । उनले आफ्नो स्ट्राइक रेटलाई लिएर आलोचना गर्नु अनुचित रहेको बताए । आफूलाई टिमको पूरा समर्थन रहेको र आफ्नो ब्याटिङ शैलीलाई महत्त्वका साथ हेरिने र आफू डेभिड वार्नर वा वीरेन्द्र सहवाग बन्न नसक्ने तर कोही सामान्य ब्याट्सम्यान क्रिजमा समय बिताइरहेको छ भने त्यो कुनै गलत नभएको पुजाराले बताए ।

– कोरोना भाइर (कोभिड–१९) का कारण फुटबल सिजन प्रभावित भए पनि म्यान्चेस्टर युनाइटेडले आफ्ना कर्मचारीको पारिश्रमिक नरोक्ने घोषणा गरेको छ । बाँकी खेलहरु बन्द रङ्गशालामा खेलाउनु परे पनि कर्मचारीहरुलाई ‘म्याच डे’ पारिश्रमिक दिने युनाइटेडले निर्णय गरेको छ ।

– पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान जावेद मियान्दादले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को नीति र पाकिस्तानी खेलाडीहरुको कडा आलोचना गरेका छन् । आफ्नो आधिकारिक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियोमा मियान्दादले पाकिस्तानका वर्तमान एक ब्याट्सम्यान भारत, अस्ट्रेलिया, इङ्ग्ल्याण्ड, दक्षिण अफ्रिका वा न्युजिल्याण्डको टिमका लागि खेल्न नसक्ने बताए । झण्डै ६ मिनेटको भिडियोमा मियान्दादले पाकिस्तान क्रिकेट टिममा राम्रा बलर भए पनि ब्याट्सम्यान भने नभएको बताए ।

Share This: