Wednesday, April 8th, 2020
राजनीतिमा आज

राजनीतिमा आज

– गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बिहीबार १ बजेका लागि बैठक बोलाइएको थियो । सूचना टाँस गरे अनिश्चितकालका लागि स्थगित भएको संसद सचिवालयले जानकारी गराएको हो ।

– कञ्चनपुरमा ३ सय बिघाभन्दा बढी नेपाली भूमि भारततर्फ पारिएको विषयले सदनमा प्रवेश पाएको छ। नेपाल(भारत संयुक्त सर्भे टोलीले विवादै नभएको भूभाग भारतमा पारेकोमा राष्ट्रियसभा सदस्य तारादेवी भट्टले सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले सीमांकनमा खटिएको नापी टोलीले नेपालको नक्सै मेटिने गरी गरिरहेको कार्य स्वीकार्य नहुने बताइन्। सीमा प्रमाणीकरण कार्य तुरुन्त बन्द गर्नुपर्ने उनको भनाइ छ।

– विश्वका अधिकांश देशमा पुगेको नोवल कोरोना (कोभिड–१९) भाइरसबाट जोगिन मुस्लिम समुदायले घर/घरमै नमाज पढ्न सुरु गरेका छन् । हरेक शुक्रबार मस्जिदमा पढिने जुम्माको नमाज पनि घरमै पढ्न सुरु भएको नेपाली जामे मस्जिद संघका अध्यक्षले जानकारी दिए । २५ जना भन्दा बढी भेला हुन नपाउने सरकारको निर्देशन अनुसार मस्जिदको सट्टा घर वा कारखानामै नमाज पढ्न थालिएको हो । मदरसाहरूको पठनपाठन पनि अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि बन्द गरिएका छन् ।

– कोरोना भाइरसको रोकथाम तथा आम जनतालाई सुरक्षित राख्न भन्दै सरकारले ‘लक डाउन’ को तयारी गरेको छ। छिमेकी मुलुक भारतले ‘जनता कर्फ्यू’ घोषणा गरेको भोलिपल्टै नेपाल सरकारले लक डाउनको मोडालिटीबारे सरोकारवाला निकायसँग परामर्श गरेको छ। यसबारे विस्तृत छलफल गरी निर्णय लिन शुक्रबार बेलुका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उच्चस्तरीय बैठक बोलाएका छन् । बैठकलगत्तै प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी छ।

– कोरोनाको जोखिममा पर्ने खतरा बढेको भन्दै स्थानीय तहमा कार्यरत कर्मचारीले सुरक्षा र भत्ता मागेका छन् । स्थानीय तह कर्मचारी युनियन नेपालले स्थानीय तहका कर्मचारी कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिममा रहेको भन्दै निर्धक्क भएर काम गर्ने वातावरण बनाइदिन तीनै तहका सरकारसँग माग गरेको हो ।

– कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम कम गर्न देशभरका न्यायालयको काम कारबाही दुई साता बन्द हुने भएको छ । सर्वोच्च अदालत उच्च स्रोतका अनुसार बन्दी प्रत्यक्षीकरणका निवेदनबाहेक अरु मुद्दाको काम कारबाही स्थगित हुनेछ ।

– पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोटमा संलग्नहरु पक्राउ परेका छन्। घटनामा संलग्न विप्लव नेतृत्वको नेकपाका ३ जना कार्यकर्तालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर अपराध महाशाखाले जनाएको छ। पक्राउ पर्नेमा कैलाली भजनीका ३१ वर्षीय अमृत बहादुर कुमाल क्षेत्री, कैलाली टिकापुरका ३१ वर्षीय लक्ष्मण सेट्टी र कालिकोट सान्नी त्रिवेणीका २७ वर्षीय टेक वि।क रहेका छन्।

– राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिमलाई कम गर्न अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको बैठक स्थगित गरेका हुन् ।

– रामेछापमा ट्राफिक प्रहरीले साबुन पानीले हात धुने अभियान सञ्चालन गरेको छ । सो क्रममा ट्राफिक प्रहरीले चालक तथा यात्रुहरुलाई मास्क समेत वितरण गरेको छ ।

– जिल्ला प्रशासन कार्यालय, काभ्रेले दैनिक उपभोग्य वस्तुको बजारमा अभाव हुन नदिन अनुगमन सुरु गरेको छ । कोभिड–१९ को जोखिमले बजारमा उपभोग्य वस्तुलगायत ग्यासको अभाव भएको जनगुनासो बढेपछि प्रशासनले अनुगमन शुरु गरेको हो ।

– नेपाल सरकारले कोरोना भाइरस ९कोभिड–१९० रोकथाम र नियन्त्रणका लागि आवश्यक अनुभव आदानप्रदान र मेडिकल सहयोगको माग गर्दै चीनलाई औपचारिक पत्राचार गरेको छ । चीन सरकारले आवश्यक मेडिकलदेखि प्राविधिक जनशक्तिसहितको सहयोग दिने प्रस्ताव नेपाल सरकारलाई गरेको थियो ।

– आजदेखि विदेशी पर्यटक पदयात्रामा जान नपाउने भएका छन् । नेपाल पर्यटन बोर्डले आजैबाट पर्यटक सूचना व्यवस्थापन प्रणाली ९टिम्स०कार्ड वितरण बन्द गरेको छ । यससँगै अब विदेशी नागरिकले नेपाली पदयात्रा मार्गमा पदयात्रामा जान पाउने छैनन् ।

– विश्वव्यापी रुपमा फैलिँदै गएको कोभिड– १९ (कोरोना भाइरस) संक्रमणबाट बच्न सतर्कता अपनाउँदै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सचेतना कक्ष र मापसे जाँच स्थगित गरेको छ। ट्राफिक महाशाखाले मादक पदार्थ सेवन, लेन अनुशासन उल्लङ्घन गर्ने तथा सवारी दुर्घटना गरी सवारी चलाउने चालक उपर दिँदै आएको सचेतना कक्षा हाललाई स्थगित गरेको हो।

Share This: