Wednesday, April 8th, 2020
मनोरञ्जन÷फिल्मी खबर

मनोरञ्जन÷फिल्मी खबर

– गायिका कनिका कपुरमा कोरोना संक्रमण देखिएको छ । ‘बेबी डल’ गीत गाएर चर्चामा आएकी कनिकामा कोरोना संक्रमण देखिएको भारतीय मिडियामा उल्लेख छ । उनी केही दिन लखनउमा पनि बसेकी थिइन् । उनले, लखनउमा रहँदा केही साथीहरुलाई बोलाएर डिनर पार्टी समेत दिएकी थिइन् । उनीलाई लखनउमा नै आइसोलेसनमा राखिएको थियो । उनी केही दिन अगाडि मात्र बेलायतमा फर्किएकि थिइन् ।

– बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला कोरोना भाइरसबाट जोगिन ‘सेल्फ आइसोलेसन’ बसेकी छन् । तर आइसोलेसनबाटै केही भिडिओ सार्वजनिक गर्दै कोरोना बारे सन्देश प्रवाह गर्दैआएकी छन् । बिहीबार आठौँ दिनमा उनले इन्स्टाग्राम र ट्वीटरमा भिडिओ पोस्ट गर्दै आफू बाहिर निस्कन चाहेको र सबैलाई ‘हेलो’ भन्न चाहेको बताएकी छन् । भिडिओमा ३७ वर्षीया प्रियंकाले कोरोनाबाट बच्ने पूर्व सावधानी तरिकाबारे पनि बोलेकी छन् ।

– नायक टाइगर श्राफ अभिनित चलचित्रले बक्स अफिसमा धमाका मच्चाइरहेका छन् । उनी अभिनित ‘वार, बाघी ३’ बक्स अफिसमा राम्रो चले । यसले, उनलाई बलिउडमा मसला फिल्मको हिरोको रुपमा नयाँ परिचय दिइरहेको छ । यतिमात्र होइन, अहिले बलिउडमा टाइगरको तुलना नायक सलमान खानसँग पनि हुन थालेको छ । तर, सलमानसँग भएको तुलनालाई लिएर टाइगर सन्तुष्ट भने छैनन् । टाइगरले सलमान खान बलिउडका शेर भएको बताएका छन् । यदि, सलमानको ब्रासलेटको इन्स्टाग्राम पेज बनाउने हो भने आफ्नो भन्दा बढी फ्यान ब्रासलेटको हुने टाइगरले बताएका छन् ।

– गायक रन लामाको आवाजमा ‘छड्के बुलाकी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा दीपक शर्माको शब्द तथा संगीत छ । गीतको भिडियोमा सागर लम्साल ‘बले’, जुना सुन्दास र सन्जिव राइको मोडलिङ हेर्न सकिन्छ । भिडियोमा मौसम हिमालीको कोरियोग्राफी, सिलन लम्सालको सम्पादन, अनील के मानन्धरको छायांकनछ । भिडियोको निर्देशन सर्जुन राइले गरेका हुन् ।

– केही हप्तादेखि काठमाण्डौ बाहिर छायांकन भैरहेको चलचित्र ‘ए मेरो हजुर ४’को टिमले छायांकन रोक्ने निर्णय गरेको छ । नेपाल सरकारले एकै स्थानमा २५ जना भन्दा बढी भेला नहुन निर्देशन दिएसँगै यसको टिमले छायांकन रोक्ने निर्णय गरेको हो । चलचित्रकी निर्देशन झरना थापाले मानव जातीलाई चुनौती बनेको कोरोनाका कारण सबैको स्वास्थ्यलाई ख्याल राख्दै छायांकन रोकिएको बताइन् । चलचित्रमा नायक अनमोल केसी, सलोन बस्नेत र नायिका सुहाना थापाको मुख्य भूमिका छ ।

– ओस्कार विजेता टम हन्कस र पत्नी रीता विल्सन कोरोना भाइरसको उपचार गरेर आराम गरिरहेका छन् । उनीहरू कोरोनामुक्त बनेका हुन् । उनीहरूलाई केही समयअगाडि कोरोनाबाट सङ्क्रमित भएको जनाएका थिए । कोरोना देखिएका उनीहरू आइसोलेसनमा रहेका थिए । उनीहरू आफैले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै आफूहरूलाई कोरोना भाइरस भएको बारे जानकारी दिएका थिए ।

Share This: