Wednesday, April 8th, 2020
खतरनाक हील

खतरनाक हील

यूवावस्थामा स्मार्ट देखिने रहर सबैको हुन्छ । यस मामलामा महिलाहरु केहि अगाडी नै छन् । महिलाहरु स्मार्ट देखिन विविध पहिरनका साथै हील जुता वा स्यान्डलको पनि शौकिन हुन्छन् । रंगीचंगी हिलले हाइट बढाउनुको साथै स्मार्ट देखिन मद्दत गर्छ । त्यसैले महिलाहरु आकर्षक देखिन हिल लगाएर हिड्छन् । यसको शौक टिनएजर देखि वयस्क सबै महिलाहरुलाई हुन्छ ।

स्टाइलिश देखिन मद्दत गर्ने हिलले स्मार्ट त देखाउँछ साथै अनेक किसिमका समस्याहरु पनि निम्त्याउँछ । हाई हिल लगाउने महिलाहरुमा बिस्तारै ढाड दुख्ने, खुट्टा दुख्ने समस्याहरु देखा पर्छ । खुट्टामा २६ वटा हड्डी ३३ वटा जोइन्ट र १०० भन्दा बढि किसिमका मांसपेशीहरु हुन्छन् । हाई हिलले तिनीहरुको संतुलनलाई बिगार्ने काम गर्छ ।

हाई हिलबाट असर पर्ने अंगहरु

ढाडः हिल लगाउँदा ढाडको तल्लो भाग सिधा हुन्छ वा पहिला जुनपोजिशनमा हुन्छ त्यसमा फरक आउँछ । यसबाट ढाड दुख्ने समस्या शुरु हुन्छ ।

कम्मरः हाई हिल लगाउँदा ढाड तथा कम्मर दूवैमा हिड्दा खेरि बल पर्छ । कम्मरले अलि बढि मेहनत गर्नुपर्ने हुन्छ ।

घोडाः हाई हिल लगाउँदा घुँडामा पनि बल पर्छ , जुन आर्थराइटिस जस्तो रोगको शुरुवात्को कारण बन्न पुग्छ ।

पिडुलाः लगातार हिलको प्रयोगले पिडुलाको माँसपेशी खुम्चिन थाल्छ । त्यसपछि खाली खुट्टा वा प्mल्याँट चप्पल लगाउँदा गा¥हो हुन्छ ।

कुर्कुच्चाः शरिरको पूरा भार खुट्टामा पर्छ । यसबाट कुर्कुच्चामा पनि असर पर्छ । खुट्टामा १ इन्च हिलको तुलनामा ३ इन्चको हिलले खुट्टामा ७ गुणा बढि असर पार्न सक्छ ।

गर्भावस्थाका लागि खतरनाक

गर्भावस्थामा महिलाहरुको शरिरको आकार परिवर्तन भइरहन्छ । यस्तो बेलामा हिल लगाउनु हुँदैन भन्ने कुरा प्रायलाई थाहा छ । यस्तो बेलामा ढाडको तल्लो भागलाई नियंत्रित गर्ने एक प्रकारको मांसपेशी र वरिपरिको अन्य मांसपेशीहरु पाठेघरको आकार बढ्दै गएको कारण तन्किन थाल्छ । हाई हिल लगाउँदा यसमा पर्ने दबाब झन् बढ्छ । त्यसैले गर्भावस्थामा प्mल्याट चप्पलको प्रयोग गर्नुपर्छ । यदि लगाउनै परेमा २ इन्च भन्दा बढि हिलको प्रयोग गर्नु हुँदैन ।

उपायहरु

धेरै उँचाई भएको हिलको प्रयोग गर्दा स्लीप खाने खतरा पनि हुन्छ । औलाहरु चप्पलबाट बाहिर निस्किन्छ र ब्यालेन्स मिलाउन गा¥हो हुन्छ ।

धेरै छोटो जुता लगाउँदा औलाहरु एक आपसमा टाँसिन्छन् र भित्र तिर मोडिन्छ । जुता किन्दा बूढि औला र अरु औला बिच ग्याप हुने गरि किन्नु पर्छ वा अगाडि फराकिलो हुनुपर्छ ।

प्लास्टिकको जुताबाट भित्र हावा पस्न पाउँदैन र फोका उठ्ने संभावना हुन्छ । यसबाट बच्नका लागि कपडा वा लेदरको जुता प्रयोग गर्नु उपयुक्त हुन्छ ।

हील लगाउँनु पर्दा २ इन्च भन्दा बढिको हिल प्रयोग नगर्नुहोस् लामो समयका लागि हिल लगाउनु पर्दा धेरै समय सम्म नउभिई बस्ने
कोशिस गर्नुहोस् ।

आजभोली बजारमा औलालाई भार नपर्ने खाल्को औला देखि नै हिल हुने गरि बनाइएको चप्पलहरु पाइन्छन् । त्यस्ता चप्पलको प्रयोग गर्दा हिलबाट हुने खतराबाट बच्न सकिन्छ ।

 

Share This: