Wednesday, April 8th, 2020
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– बलिउडको प्रतिक्षित चलचित्र निर्माण कम्पनी ‘यशराज फिल्मस्’ले आफ्नो ५० औँ वार्षिकोत्सव मनाउने तयारी गरिरहेको छ । सोही कार्यक्रममा ‘यशराज फिल्मस्’ले केही नयाँ चलचित्रको घोषणा गर्ने तयारी गरिरहेको छ । सलमान खान, शाहरुख खान, ऋतिक रोशन, दीपिका पादुकोण,कट्रिना कैफ लागयतका कलाकारलाई लिएर यशराजले फरक-फरक विधाको चलचित्र घोषणा गर्ने तयारी गरिरहेको छ । समचारका अनुसार शाहरुखले ‘यशराज फिल्मस्’ले निर्माण गर्न लागेको एक्सन चलचित्रमा काम गर्नेछन् । चलचित्रको नाम भने तय भएको छैन । लामो समयदेखि चलचित्रमा काम नगरी बसेका शाहरुख यशराजको चलचित्रमा काम गर्न राजी भइसकेका छन् ।

– अभिनेत्री एभान्जेलिन लिलीले ‘सेल्फ क्वारेन्टाइ’मा बस्न अस्वीकार गर्दै अनलाइन मार्फत् आक्रोश व्यक्त गरेकी छन् । सरकारले आफ्नो स्वतन्त्रता खोसेको भन्दै उनले इन्स्टाग्राम मार्फत आक्रोश पोखेकी हुन् । ४० वर्षीया अभिनेत्रीले आफ्ना सन्तानलाई जिम्न्यास्टिक क्याम्पमा भर्ना गराएको पनि जनाएकी छन् । साथै उनीहरुले नियमित हात धुने र कोरोनाबाट जोगिने उपाय पालना गरेको बताइन् ।

– हाँस्य टेलिसिरियल ‘सक्किगोनी’को प्रशारण बन्द हुने भएको छ । कोरोनाको त्रासका कारण छायांकन गर्न नसकिने भएकाले केही साताको लागि सिरियलको प्रशारण स्थगन गरिएको निर्माण पक्षले बताएको छ । सक्किगोनीका निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले सरकारले गरेको आह्वानलाई आत्मासाथ गर्दै छायांकन रोकिएको बताए । सरकारबाट अर्को सुचना नआएसम्म सक्किगोनीको प्रशारण बन्द हुने अर्जुनको भनाई छ ।

– अर्पण थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘लिम्बो’मा नायिका आना शर्मा पक्का भएकी छिन् । मनोवैज्ञानिक थ्रिलर जनरामा निर्माण हुन लागेको यस चलचित्रमा आनाले शिर्ष भूमिका निर्वाह गर्नेछिन् । निर्देशक थापा अहिले चलचित्र ‘तीन जन्तु’को छायांकनमा छन् । यस चलचित्रको छायांकन सकिएपछि अर्पणले ‘लिम्बो’लाई समय दिनेछन् । चलचित्रको लागि अन्य कलाकारको छनोट हुन बाकीँ रहेको छ ।

– कोरोनाबाट सुरक्षित रहनको लागि बलिउड नायिका अनुष्का शर्मा पनि सेल्फ आइसोलेशनमा बस्न थालेकी छिन् । उनी त्यहाँ आफ्नो श्रीमान विराट कोहलीसँग बस्न थालेकी हुन् । अनुष्का आइसोलेशनमा बस्नु आफ्नो लागि फाइदाजनक भएको बताउँछिन् । सामाजिक संजालमा श्रीमानसँगको एक तस्विर सार्वजनिक गर्दै यो समय प्रेम गर्नको लागि भएको अनुष्काले उल्लेख गरेकी छिन् ।

– बलिउडमा रणवीर कपुर र आलिया भट्टको प्रेम चर्चा निकै भइरहेको हुन्छ । उनीहरुलाई धेरैले सुन्दर जोडीको उपमा दिने गर्छन् । केही दिनदेखि रणवीर कपुर र आलिया भट्टको ब्रेकअपको समचार आइरहेको छ । त्यसको कारण हो, आलियाको जन्मदिनमा रणवीर नदेखिनु । नायिका आलिया भट्टको जन्मदिन पार्टीमा रणवीर देखिएनन । रणवीरको उपस्थिती नभएपछि धेरैले त्यहीँ समय ब्रेकअप भएको शंका गरे । तर, आलिया निकट साथीले जन्मदिनमा पनि रणवीर र आलिया भेट भएको बताएका छन् । आलियाको लागि रणवीरले गिफ्ट पनि दिएका थिए । तर, व्यस्त समयका कारण पार्टीमा भने रणवीर उपस्थित हुन सकेनन ।

Share This: