Saturday, May 30th, 2020
जाडोको लुगा यसरी थन्क्याउनुहोस्

जाडोको लुगा यसरी थन्क्याउनुहोस्

जाडो महिनामा हामी रङ्गीचङ्गी स्वेटर, बर्को, मफ्लर ज्याकेट वा स्कार्फ लगाउँछौ र जाडो महिना सकिना साथ त्यस्ता लुगाहरुको सहि रखाईमा ध्यान दिदैनौ । यसले गर्दा जाडोको लुगाहरु बिग्रिन सक्छ वा रंग खुइलिने आदि हुन्छ । ऊनको लुगाहरुलाई चम्किलो तथा सुन्दर बनाई राख्न त्यसलाई थन्क्याने बेलामा केहि कुराहरुमा ध्यान पु¥याउन सके ऊनका लुगाहरु धेरै समय सम्म टिकाऊ र चम्किलो राख्न सकिन्छ । ति यसप्रकार छन् । ऊनका लुगाहरुलाई राम्रो सँग हल्का सरफमा धोएर राम्रोसँग सुकाउनु पर्छ । लुगा थन्काउदा राम्ररी सुकेको हुनुपर्छ । अन्यथा ढुँडी पर्न सक्छ ।

ऊनको लुगालाई कहिल्यै पनि प्लाष्टिकको ब्यागमा राख्नु हुँदैन । यसबाट लुगा वाफिन्छ र किटाणुहरु उत्पन्न हुन्छ ।

लेदरको ज्याकेटलाई मलमलको कपडामा बेरेर राख्नुपर्छ ।

ऊनको लुगालाई ह्याङ्गरमा झुण्डाएर राख्नु हुँदैन । यसबाट लुगा तन्किन सक्छ । यसलाई राम्ररी पट्याएर राख्नुपर्छ ।

यदि स्वेटरमा दूलो परेको छ वा टाँक झरेको छ भने राख्नुभन्दा पहिला ठीक पार्नु पर्छ नभए दूलो ठूलो हुन सक्छ ।

ऊनको लुगामा भुवा निस्केको छ भने रेजरमा नयाँ ब्लेड लगाएर एकातिरबाट कपडामा माथि हल्का चलाउनुपर्छ । यसबाट सबै भुवा निस्किन्छ र स्वेटर एकसमान हुन्छ ।

कपडा थन्काउँदा त्यसको रंगलाई पनि ध्यान दिनुपर्छ । कहिले पनि गाढा रंगसँग हलुका रंगको कपडा राख्नु हुँदैन ।

सँधै सेतो सँग घ्यू कलर आकासे सँग पर्पल, गुलाबी सँग रातो, हरियो सँग पहेलो कपडा राख्ने कोशिस गर्नुपर्छ ।

कपडा थन्काउँदा घाम नलाग्ने ठाउँमा राख्नुपर्छ । घामले गर्दा कपडाको रंग उड्छ ।

स्वेटर र ज्याकेट सँग टोपी वा मोजा मिसाएर राख्नु हुँदै्रन ।

कपडा थन्काउँदा परफ्युमको खाली बोतल पनि राख्दा कपडामा राम्रो बास्ना रहन्छ ।

कपडा थन्काउँदा किरा नलाग्ने औषधी पनि बजारमा किनेर राख्नुपर्छ वा यसका लागि विभिन्न घरेलु उपाय पनि अपनाउन सकिन्छ ।

ऊनको लुगालाई किरा लाग्नबाट बचाउन फिट्किरी पीसेर छर्दा हुन्छ ।

लुगाको बीचमा कपूर बाँधेर राख्दा किरा लाग्दैन ।

नीमको सुकेको पात वा पाित्रकामा सुर्तिको पात राख्दा पनि लुगामा किरा लाग्दैन ।

रीठाको पानीमा ऊनको लुगा धुँदा त्यो चम्किलो रहिरहन्छ ।

ऊनको लुगा प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु

एउटा ऊनको लुगा २४ घण्टा सम्म माात्र लगाउनु पर्छ ।

ऊनको लुगा लगाउनु अघि ब्रशले झारेर मात्र लगाउनुपर्छ । यसबाट लुगामा रहेको धूलो, कपाल, चायाँ आदि झरेर जान्छ ।

५,६ पटक लुगा लगाए पछि अवश्य धुनुपर्छ ।

फोहोर लुगा लगाउँदा ऐलर्जी हुन सक्छ । त्यसकारण धुन नसकेको खण्डमा घाममा सुकाएर लगाउनुपर्छ ।

लुगामा दाग लागेमा तुरुन्त चीसो पानीमा धुनुपर्छ ।

Share This:

PHP Code Snippets Powered By : XYZScripts.com