Wednesday, April 8th, 2020
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– कोरोना संक्रमणका कारण उपचार गराइरहेकी गायिका कनिका कपुरले आफनो रिपोर्टमा गडबडी भएको आशंका गरेकी छिन । उनको रिपोर्टमा उनको उमेर अर्कै उल्लेख छ । यसैले पनि उनले रिपोर्टमा गडबडी भएको आंशका गरेकी हुन । कनिकाले यस्तो आशंका गर्दा डाक्टरले भने उपचारमा सहयोग नगरेको आरोप लगाएका छन । डाक्टरले उनले अस्पतालमा हरेक सुविधा खोजेको आरोप पनि लगाएका छन ।

– चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन युरोपमा नहुने भएको छ । पोखरा, काठमाण्डौपछि चलचित्रको छायांकन युरोपमा गर्ने तयारीमा यसको निर्माणपक्ष थियो । तर, विश्व बजारमा कोरोनाको सन्त्रास बढेपछि यसको छायांकन युरोपमा नहुने भएको छ । अहिले यो चलचित्रको नेपालमा छायांकन पनि रोकिएको छ ।

– सरकारले कोरोना भाइरस रोकथामका लागि खडा गरेको कोषमा गायक प्रकाश सपुतले २ लाख रुपैयाँ सहयोग गरेका छन् । कोरोनाबाट बच्नका लागि बागलुङ धम्जाको आफ्नै घर पुगेका प्रकाशले प्रधानमन्त्रीलाई लामो पत्र लेख्दै उक्त रकम सरकारलाई उपलब्ध गराएको घोषणा गरेका छन् ।

– कोरोना भाइरसले जुनसुकै क्षेत्रलाई तहसनहस पार्दैछ। हलिउड यसबाट अछुतो छैन। अन्तर्राष्ट्रिय मिडिया र मनोरञ्जनका वरिष्ठ उपाध्यक्ष माइक ब्लोक्समले यो संकटका कारण बक्स अफिसलाई कति क्षति हुनेछ, त्यसको अनुमान लगाउन असम्भव भएको बताएका छन्। तर थुप्रै मार्केटिङ र रिसर्च कम्पनीहरूले यदि कोरोना भाइरसको कहरले आगामी जुलाईसम्म फिल्म रिलिज हुन नसके यसले फिल्म उद्योगमा कम्तीमा १२ अर्ब डलरको क्षति हुन सक्छ। डिज्नी, नेटफ्लिक्स, युनिभर्सल स्टुडियो र थुप्रै अन्य स्टुडियोले कोरोना भाइरसका कारण आफ्नो अमेरिकी उत्पादनलाई बन्द गरेका छन्।

– निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ केही समयदेखि चर्चामा छ। यो फिल्मबाट बलिउड अभिनेत्री आलिया भट्ट साउथ फिल्ममा डेब्यु गर्न लागेकी थिइन्। अहिले डेट मिलाउन नसकेर आलियाले राजामौलीको यो फिल्म छोडेको खबर सार्वजनिक भएको छ। आलिया मे महिनामा ‘सडक– २’, ‘ब्रह्मास्त्र’ र सञ्जयलीला भन्सालीको ‘गंगुबाई काठियावाडी’ जस्ता धेरै प्रोजेक्ट एकसाथ गर्दै छिन्। उनले डेट एडजस्टमेन्ट गर्न सकिरहेकी छैनन्। त्यसैले उनले फिल्मबाट बाहिरिने फैसला गरेकी छन्।

– विश्वप्रकाश शर्मा राजनीतिज्ञकै रूपमा बढी चिनिन्छन्। बौद्धिक बहसमा खरो उत्रने शर्मा समसामयिक विषयमा सीधा जवाफ र चोटिला तर्क गर्न माहिर छन्। उनी वैचारिक रूपमा मात्रै होइन गीतसंगीत र साधनामा पनि उत्तिकै सक्रिय छन्। शर्माको शब्द र संगीतमा रहेको आऊ माया, मान्छेले मान्छेलाई बोलको गीत सोमबार श्रोतामाझ आउँदैछ। गीतमा प्रमोद खरेल र शीतल मोक्तानको स्वर छ।

Share This: