Thursday, June 4th, 2020
कोरोना (कोभिड–१९)

कोरोना (कोभिड–१९)

– कोरोनाबाट दक्षिण एसियामा ६० जनाको ज्यान गइसकेको छ । बुधबार बिहानसम्म भारतमा ४५ जनाको ज्यान गएको छ । यस्तै, पाकिस्तानमा २६, बंगलादेशमा ५, अफगानिस्तानमा ४ र श्रीलंकामा २ जनाको ज्यान गएको छ

–कोरोना (कोभिड–१९) भाइरसविरुद्ध लड्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा आवद्ध देशहरूले स्थापना गरेको ‘सार्क कोभिड–१९ आपतकालीन कोष’मा दुई अर्ब १७ करोड रुपैयाँभन्दा बढी जम्मा हुने भएको छ । नेपालले पनि यो कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने, कोषमा रकम जम्मा नगर्ने पाकिस्तान एक्लो देश

मार्चको सुरुवातमा कोरोना भाइरस (कोभिड १९) फैलाउन भूमिका खेलेको भनिएको नयाँदिल्लीस्थित निजामुद्दिनमा मुस्लिम संस्था तबलिगी जमातको हेडक्वार्टरमा आयोजित धार्मिक सभामा सहभागी सप्तरीका तीन जना घर फर्किए । उनीहरुलाई बुधबार राजविराज नगरपालिका ४ स्थित मिनी मार्केट अगाडि घरमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले फेला पारेको छ ।

– प्रदेश २ सरकारले कोरोना भाइरसको त्रास रहेको समयमा बिरामीलाई आधारभूत सेवा समेत नदिने निजी अस्पताल तथा नर्सिङ्ग होमलाई कारबाहीको दायरामा ल्याउन प्रमुख जिल्ला अधिकारीहरुलाई पत्राचार गरेको छ । ।

– आज बुधबार नेपाल एयरलाइन्स पहिलोपटक अस्ट्रेलिया उड्दैछ । बुधबार साझ ५:३० मा २६४ अस्ट्रेलियाली
नागरिक लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज अस्ट्रेलिया उड्न लागेको हो । जहाज अस्ट्रेलियाको बृस्बेनमा जान लागेको हो । चीनको लागि नेपाल एयरलाइन्सको अर्को वाइडबडी जहाज बिहीवार ग्वाङ्झाउ जाँदैछ । नेपालका निजी व्यवसायीले चीनबाट मेडिकल सामग्री ल्याउन नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेका छन् । ।

– संयुक्त अरब इमिरेट्स (यूएई)मा कोरोना भाइरसबाट संक्रमित हुने नेपाली कामदारको संख्या आठ पुगेको छ । मंगलबार थप दुई जनामा संक्रमण देखिएको छ ।

– किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा बुुधबार अपरान्हदेखि कोरोना भाइरस(कोभिड—१९) परीक्षण हुने भएको छ । संघीय सरकारले चीनबाट ल्याएको परीक्षणका लागि किट, औषधि, स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने पीपीई मंगलबार राति यहाँ आइपुगेको छ । ।

– सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा मंगलबारसम्म २२ करोड ३२ लाख ३७ हजार ५६९ रुपैयाँ जम्मा भएको छ। सरकारले गत चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकले कोष स्थापना गर्दै कोरोना भाइरसको रोकथामका लागि कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो। ।

Share This:

PHP Code Snippets Powered By : XYZScripts.com