Thursday, August 6th, 2020
सफल हुन भगवान् श्रीरामका गुणलाई आदर्श बनाउनुहोस्

सफल हुन भगवान् श्रीरामका गुणलाई आदर्श बनाउनुहोस्

भगवान् श्रीराम हिन्दु संस्कारका आदर्श पात्र हुन् । उनको जीवनबाट धेरै कुराहरू सिक्न सकिन्छ । विशेषगरी उनको व्यावहारिक नीतिहरूका कारण उनी जीवनको कठिन परिस्थितिमा पनि सफल रहे । उनले वेद र मर्यादाको पालना गर्दै सुखलाई त्याग गरी न्याय र सत्यलाई साथ दिए चाहे त्यो राज्य त्याग्ने कुरा होस् वा सीतालाई वनबास पठाउने कुरा होस् उनी कहिल्यै हिच्कीचाएनन् । यदि उनको गुणहरूलाई जीवनमा आत्मसात् गर्नेे हो भने हाम्रो जीवन पनि सफल हुनेछ ।

सहनशिलता र धैर्य

सहनशिलता र धैर्य श्रीरामका पर्याय हुन् । कान्छी आमा कैकेयीको आज्ञाले १४ वर्ष वनबासमा बिताउनु, समुद्रमा सेतु बनाउन तपस्या गर्नु, सीतालाई त्यागेर राजा हुँदा हुँदै पनि सन्यासी जीवन बिताउनु उनको सहनशिलता र धैर्यको पराकाष्ठा हो ।

दयालु

श्रीरामले सबैलाई माया गरी आफ्नो छत्रछाया मुनि राखे । उनको सेनामा पशु ,मानव र दानव सबै थिए । उनले सबैलाई अघि बढ्ने मौका दिए । सुग्रीवलाई राज्य, हनुमान, जाम्बवंत, नल र नीललाई पनि उनले समय समयमा नेतृत्व गर्ने अधिकार दिए ।

मित्रता

केवट होस् वा सुग्रीव, निषदराज होस् वा विभिषण हरेक जात र वर्गका साथीहरू सँग श्रीरामले हृदय देखि नै मित्रता गरे । साथीका लागि पनि उनले थुप्रै कष्ट सहे ।

कुशल प्रबंधक

श्रीराम कुशल प्रबंधक मात्र थिएनन् , सबैलाई लिएर अघि बढ्थे । उनी सबैलाई विकासको अवसर दिन्थे र उपलब्ध संसाधनको सही तरिकाले प्रयोग गर्थे । उनको यसै गुणका कारण लंका जानका
लागि उनले बाँदरको सेना सँग मिलेर ढुङ्गाको सेतु बनाए ।

आदर्श दाजु

श्रीरामका तीन जना भाइहरु भरत, लक्ष्मण र शत्रुध्न सौतेनी आमाका छोराहरू थिए । तर पनि उनले आफ्ना भाइहरू प्रति त्याग र समर्पणको भाव राखे र स्नेह दिए । यसैकारण वनबासमा पनि लक्ष्मणले रामको साथ छोडेनन् । भरतले पनि रामको अनुपस्थितिमा राजगद्धीमा बस्नुको सट्टा रामको खराउ राखी रामकै नामबाट राज्य चलाए ।

अन्य गुणहरू

– सबै सँग हाँसेर भेटघाट गर्नु ।

– मानिसहरूको नाम याद राख्नु र उनीहरूलाई नामबाटै सम्बोधन गर्नु ।

– अरूको कुरा ध्यान दिएर सुन्नु र धैर्य गर्नु ।

– मानिसहरू प्रति साँचो निष्ठा राख्नु ।

– अरूलाई सम्मान दिनु ।

– अरूलाई आफ्नो विचार मान्न तर्क र विवादको सहारा नलिनु ।

– उच्च आदर्श र सिद्धान्त पालन गर्नमा आउने हरेक कठिनाइ सहन तयार रहनु ।

– अरूको विचार र भावना प्रति साँचो सहानुभूति राख्नु ।

– अरूको दृष्टिबाट घटना वा वस्तुलाई हेर्ने प्रयास गर्नु ।

– आफ्नो गल्ती चाडै स्वीकार गर्नु आदि ।

यी गुणहरुले गर्दा नै श्रीरामलाई आदर्श मानिन्छ । यदि यी गुणहरुलाई जीवनमा विकास गर्ने हो भने मानिसको जीवन सफल हुन्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com