Thursday, August 6th, 2020
खेलकुद

खेलकुद

– सन् २०२३ मा भारतमा हुने ओडिआई विश्वकप को छनोटको रुपमा रहेको आइसीसी ओडिआई सुपर लिग सुरु भएको छ । इंग्ल्याण्ड र आयरल्याण्ड बीचको तीन खेलको सिरिज अन्तर्गत पहिलो खेल बिहीवार भएको हो । साउथह्याम्पटनमा भएको खेल घरेलु टोली इग्ल्याण्डले ६ विकेटले जितेको छ ।

– फुलहमले अर्को साता हुने च्याम्पियनसिप प्ले अफ फाइनलमा ब्रेन्टफोर्ड सामना गर्ने भएको छ । बिहीबार दोस्रो लेगको खेलमा फुलहम कार्डिफसँग २–१ ले पराजित भए पनि समग्रमा ३–२ को अग्रता लिन सफल रह्यो ।

– साउदी अरेबियाका कम्पनीहरू इंग्लिस प्रिमियर लिग क्लब न्युकासल युनाइटेड किन्ने प्रक्रियाबाट पछाडि हटेका छन् । ती कम्पनीमा साउदी राजपरिवारको लगानी रहेको पीआईएफसँगै पीपीसी क्यापिटल र रुबेन ब्रदर्श थिए ।

– इंग्लिस प्रिमियर लिगबाट रेलिगेसनमा परेको बर्नमाउथले आफ्ना डिफेन्डर नथान एकेलाई म्यानचेस्टर सिटीलाई बेच्न बिहीबार तयार भएको छ । त्यस अनुसार सिटीले डच खेलाडीका लागि ४ करोड १० लाख पाउन्ड तिर्नेछ ।

– राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्यमा ६ जना मनोनीत भएका छन् । युवा तथा खेलकुद मन्त्रि जगत बहादुर सुनार विश्वकर्माले बिहीबार खेलकुदको विभिन्न क्षेत्रबाट ६ जनालाई राखेप सदस्यमा मनोनीत गरेका हुन् । नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएपछि राखेपमा पनि सदस्यहरु नियुक्त गर्ने प्रकिया सुरु भएको हो ।

– नेपाल ट्राईयाथलन संघको आयोजना तथा वर्ल्ड कोचेज एकेडेमीको सहयोगमा अनलाइन स्विमिङ लेभल १ कोचिङ कोर्स शनिबारबाट हुने भएको छ । श्रावण १७ र १८ गते (अगष्ट १ र २) दुई दिनसम्म संचालन हुने अनलाइन कोर्समा पौडी सम्बन्धी प्राविधिक ज्ञान प्रदान गरिने छ । सिङ्गापुरका प्रशिक्षक युगिन लिले अनलाइनमार्फत प्रशिक्षण प्रदान गर्ने छन् । लि वर्ल्ड कोचेज एकेडेमीका संस्थापक निर्देशक पनि हुन् ।

– गत मंसिरमा नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद ९साग० मा करातेको कातातर्फ दोहोरो स्वर्ण जितेका खेलाडी मण्डेकाजी श्रेष्ठ नगदसहित सम्मानित भएका छन् । एकल र टिम कातामा स्वर्ण जितेका मण्डेकाजी बिहीबार नगद ५ लाखसहित सम्मानित भए ।

– नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका सबै खेलाडीहरुको पीसीआर परीक्षण गर्ने तयारी गरेको छ । भदौ १ गतेदेखि सरकारले खेलकुद प्रशिक्षणका लागि अनुमति दिएपछि अब खेलाडीहरुको प्रशिक्षण सुरु गर्न पहिला पीसीआर परीक्षण गर्नुपर्ने हुन्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com