Thursday, August 6th, 2020
सलाद सेवन गर्नुको फाइदा र सलादका प्रकार

सलाद सेवन गर्नुको फाइदा र सलादका प्रकार

सलाद स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । सलाद काँचो तरकारी तथा फलफुलबाट बनाइन्छ । यो सेवन गर्दा पेट सफा हुनुका साथै पाचन क्षमतामा पनि वृद्धि हुन्छ । जब विभिन्न प्रकारका तरकारीहरू मिसाएर सलाद बनाइन्छ । त्यसमा पोषक तत्वको मात्रा बढेर जान्छ । सलाद सेवन गर्नुको अरू पनि थुप्रै फाइदा छन् ।

प्रशस्त फाईबर

सलादमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । सलाद खाना सँग सेवन गर्दा शरीरमा फाइबरको कमी पुरा गर्न सकिन्छ । फाइबरको मात्रा बढी भएकाले कब्जियत तथा पेट सँग सम्बन्धित अन्य समस्याबाट पनि छुट्कारा मिल्छ । यसबाहेक यसले शरीरलाई इनर्जी पनि दिन्छ ।

भोक नियन्त्रण गर्छ

जो धेरै खान्छन् वा जो धेरै गुलियो खान्छन् , उनीहरूले सलाद अवश्य खानु पर्छ । यो स्वादिलो हुनुका साथै यसले भोक नियन्त्रण पनि गर्छ । यो सेवन गर्दा पेट भरिएको महसुस हुन्छ । यसबाट बारम्बार भोक लाग्दैन र दिनभरि फूर्तिलो बनाउँछ ।

मोटोपन कम गर्छ

सलादमा क्यालोरीको मात्रा कम हुन्छ । त्यसैले यसले शरीरको बोसो कम गर्छ । यदि सलादमा एवोकेडो र जैतुनको तेल मिसाएर सेवन गर्ने हो भने शरीरले आइरन जस्तो तत्व सोस्न सक्छ ।

हड्डीका लागि फाइदाजनक

यसमा आइरन र क्याल्सियम प्रशस्त मात्रामा पाइन्छ, जसबाट हड्डी बलियो हुन्छ । नियमित रूपमा सलाद सेवन गर्दा शरीरमा रगतको कमी पनि हटाउन सकिन्छ ।

रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ

सलादमा मिनरल्स, भिटामिन र एन्टीअक्सीडेन्ट प्रशस्त मात्रामा पाइन्छ, जसले गर्दा यो सेवन गर्दा रोग प्रतिरोधक क्षमतामा वृद्धि हुन्छ । जसले थुप्रै रोगहरूबाट बच्न मद्दत गर्छ ।

अन्य

सलादमा एन्टी अक्सीडेन्ट पाइने भएकाले मुटुको रोग, क्यान्सर आदि सँग लड्न मद्दत गर्छ साथै यसबाट छालाको रोग, पेटको रोग आदिबाट पनि बच्न सकिन्छ ।

सलादको प्रकारफलफुलको सलाद

फलफुलबाट बनाइएको सलादमा विभिन्न किसिमका फलफुल समावेश गरिन्छ । यस्तो सलादमा प्रशस्त मात्रामा पोषक तत्व पाइन्छ । यस्तो सलाद स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ ।

अंकुरित अन्नको सलाद

उमारेको अन्नको सलादमा पनि पोषक तत्व प्रशस्त मात्रामा पाइन्छ । यसका लागि चना, मूँग आदि दाल उमारेर सलाद बनाइन्छ । उमारेको दालमा प्याज, गोलभेँडा र कागतीको रस मिसाई सेवन गर्दा स्वादिलो र स्वास्थ्यवद्र्धक हुन्छ ।

हरियो तरकारीको सलाद

हरियो सलादमा भिटामिन बी १२ बढी मात्रामा पाइन्छ । बन्दा, काँक्रा, रायो, खोर्सानी, बिन्स् आदिबाट बनाइएको सलाद शरीरका लागि विशेष रूपमा फाइदाजनक हुन्छ । यो सेवन गर्दा शरीरमा डोपामिन र सेरोटोनिन जस्ता तत्वमा वृद्धि हुन्छ । यसबाट थकान हराई खुसीको महसुस हुन्छ ।

डेजर्ट सलाद

जसलाई बढी गुलियो खान मन लाग्छ, उनीहरूका लागि डेजर्ट सलाद उपयुक्त हुन्छ । यसमा तरकारी प्रयोग नगरी खजुर, किशमिश, सुकुमेल आदि समावेश गरिन्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com