Thursday, August 6th, 2020
जड्याहाँ (प्रेरक कथा)

जड्याहाँ (प्रेरक कथा)

एक पटक इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मद आफ्ना साथीहरू सँग कतै जाँदै थिए । त्यसै बेला उनको सामु एउटा जड्याहा मातेर लर्बरिदै आई पुग्यो । उसले पैगम्बर मोहम्मद सँग सोध्यो, ‘तिमी किन सबैलाई रक्सी खान रोक्छौ । हामीले रक्सी खाँदा तिम्रो के को टाउको दुखाई ?’ उक्त व्यक्तिको कुरा सुनेर मोहम्मदले भने, ‘रक्सी सेवन गर्नु एउटा लाजमर्दो काम हो । यसबाट रक्सी खाने व्यक्तिको मात्र होइन उसको परिवार र समाज दुवैको नोक्सान हुन्छ । त्यही भएर म रक्सी सेवन गर्न हुँदैन भन्ने गर्छु ।’मोहम्मदको कुरा सुनेर जड्याहाले भन्यो, ‘के अङ्गुर खानु स्वास्थ्यको लागि हानिकारक हो ?’ मोहम्मदले होइन भने । जड्याहाले पुनः जंगिदै भन्यो, ‘त्यसो भए के कोदो, मकै खानु लाजमर्दो हो ?’ मोहम्मदले भने, ‘अहँ ।’ त्यो सुनेर जड्याहाले ठुलो स्वरमा भन्यो, ‘त्यसो भए तिनै अन्नबाट बनाइएको रक्सी खाँदा चैँ कसरी नराम्रो भयो त ?’ जड्याहाको कुरा सुनेर मोहम्मद एक छिन चुप लागे । त्यसपछि उनले शान्त भावमा मुस्कुराउदै भने, ‘यदि मैले तपाईलाई १ मुठ्ठी माटोले हाने भने तपाईलाई चोट लाग्छ ?’

जड्याहाले अहँ भन्यो । त्यसपछि मोहम्मदले फेरि सोधे, ‘यदि मैले तपाईलाई एक गिलास पानी छ्यापे भने त्यसले चोट लाग्छ ?’ जड्याहाले अहँ भन्यो । मोहम्मदले पुनः भने, ‘यदि मैले त्यही माटो र पानीको डल्ला बनाएर तपाईलाई हिर्काए भने चोट लाग्छ कि लाग्दैन ?’ जड्याहाले टाउको हल्लाउँदै लाग्छ भन्यो । त्यसपछि मोहम्मदले भने, ‘ठिक यसै गरी अन्नबाट रक्सी बनाएर त्यसको सेवन गर्दा तिम्रो मुटुमा चोट त लाग्छ नै साथै यसबाट तिम्रो परिवारले पनि दुःख कष्ट सहनु पर्छ ।’ मोहम्मदको कुरा सुनेर जड्याहाको आँखा खुल्यो र उसले अब देखि रक्सी सेवन नगर्ने निर्णय ग¥यो ।

शिक्षाः रक्सी सेवनले व्यक्तिलाई मात्र होइन, परिवार तथा समाजलाई पनि खोक्रो बनाउँछ । त्यसैले यसबाट पर बस्नु नै उचित हुन्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com